संखुवासभा र बैतडीमा नयाँ सिडियो

गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । गृहले बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभामा पठाएर त्यहाँ उपसचिव मीना अर्याललाई खटाएको हो ।

बिज्ञापन

सहसचिवमा बढुवा भएसँगै चार महिना अगाडि वैतडीको कमाण्ड सम्हाल्न पुगेका डिजनलाई संखुवासभामा पठाइएको छ । कप्तानगञ्ज घटनापछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई मन्त्रालय तानिएसँगै संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सुनसरी खटाइएसँगै संखुवासभामा प्रजिअ पद रिक्त हुन पुगेको थियो । सो स्थानमा डिजनलाई खटाइएको हो ।

बिज्ञापन

यता डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको मिना अर्याललाई वैतडीमा खटाइएको छ ।
गृह मन्त्रालयले गत असार तेस्रो साता उपसचिव मीना अर्याललाई डडेलधुराको सिडिओमा खटाएको थियो । डडेलधुराको सहसचिव सिडिओ विष्णुप्रसाद कोइरालाको बैशाख दोस्रो साता कोशी प्रदेशमा सरूवा भएपछि सहायक सिडिओ वलीलाई सिडिओको जिम्मेवारी दिएको थियो। तर, ओलीलाई अन्यत्र सरूवा नगरी उपसचिव तहकै अर्याललाई सिडिओमा खटाएसँगै त्यहाँ विवाद सृजना भएको छ । बरियताका आधारमा वलीभन्दा अर्याल वरिष्ठ उपसचिव हुन्। तेह्रथुमको सिडिओ समेत भइसकेकी अर्याललाई सहसचिवको दरबन्दीमा डडेलधुराको सिडिओ खटाइएसँगै त्यहाँ विवाद उत्पन्न भएको थियो । गृहले मीनालाई वैतडी खटाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

बिशेष