सम्पत्ति शुद्धीकरणको राडारमा तीन जना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्व परराष्ट्रमन्त्रीको पूर्व सहयोगी समेत तानिएका छन् ।
बिज्ञापन
यो दायरामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मका स्वकीयहरु तानिएका हुन । नेपाली कांग्रेसका सभापति देउवाको सचिवालय लामो समयदेखि भानु देउवा,केपी ओली तीन पटक प्रधानमन्त्री हुँदा राजेश बज्राचार्यदेखि प्रचण्डकी कान्छी छोरी समेत रहेकी गंगा दाहाल समेत अनुसन्धानमा तानिन लागेका छ ।
आयोगले शेर बहादुर देउवाका स्वकीय भानु देउवाको सम्पत्तिबारे अनुसन्धान अधिकृत नै तोकेर विस्तृत विवरण संकलन गरिरहेको छ । छानबिनका क्रममा आयोगले बैंकिङ कारोबार, जग्गाजमिन र शेयरमा रहेको लगानीलगायत विवरण जुटाइरहेको स्रोतले जनाएको छ । यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी तत्कालीन स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्य समेत तानिएका छन् । आचार्य कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री हुन् । गंगा र जीवनको नाममा मुलुकका तीन तीन ठाउँमा घर र जग्गा देखिएसँगै यसलाई अस्वभाविक ठहर गर्दै अख्तियारले केन्द्रीय बैंकलाई उनीहरुको नाममा रहेको लकर रोक्का गर्न पत्राचार गरिसकेको जनाएको छ ।
यस्तै आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणाो सहयोगी तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर देउवामाथि पनि अनुसन्धान गरिरहेको छ । प्रकाश बहादुर देउवा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । जेनजी विद्रोह लगतै उनी अमेरिका पुगेका हुन । त्यस पछि उनी स्वदेश फर्किएका छैनन् ।
बिज्ञापन
यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय राजेश बज्राचार्यमाथि समेत अनुसन्धानको दायारामा तानिएका हुन । एमाले अध्यक्ष ओलीका नातेदार समेत रहेका बज्राचार्य ओली जति पटक प्रधानमन्त्री भए त्यति नै पटक उनको सचिवालयमा बसेर काम गरेका हुन । यस अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केशव दुलालले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई पोलेका थिए । उनले एक करोड रुपैयाँ दिएको बयान नै दिएका थिए ।
यस्तै,दरबारमार्गस्थित नेपाल ट्रस्टको १ रोपनी १४ आना जग्गा भाडामा दिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले घुसमा घर उपहार लिएको बिषय नै बाहिरिएको थियो । उनी स्वकीय हुँदा नै यती एयर प्रालिको नाममा बालकोटमा रहेको घर–जग्गा उपहार लिएको बिषय बाहिरिएको छ । उनको खातामा भेटिएको करोडौं रकमको स्रोत खोज्ने काम भइरहेको स्रोतले जनाएको छ । यी र यस्तै प्रकरणमा जोडिएर गंगा दाहाल,भानु र प्रकाश देउवाका अलवा राजेश बज्राचार्यहरु अब सम्पत्ति शुद्धीकरणको अनुसन्धानको राडारमा तानिने भएका हुन । उनीहरुको बैंक खाता, लकरदेखि घरजग्गाको विवरण अख्तियारले माग गरेको छ ।



























