मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

मीनभवनस्थित निजामती अस्पतालमा सेवा लिन सात घण्टासम्म लाइन लाग्नुपरेको विरह लाग्दो अवस्था रहेको गुनासो विरामीहरुले गर्न थालेका छन् । नेपाल सरकार मुख्य सचिव गोविन्द बहादुर कार्की अध्यक्ष र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेल,अर्थ सचिव घनश्याम उपाध्याय,कानुन सचिव पराश्वर ढुंगना,स्वस्थ्य सचिव विकास देवकोटासहित सरकारका पाँच सचिव सञ्चालक रहेको सो अस्पतालमा विरामीहरुले सेवा लिन झण्डै सात घण्टा लाइन लाग्नुपर्ने अवस्था रहेको गुनासो बढ्न थालेको छ ।

बिज्ञापन

दैनिक १२ सयदेखि १५ सय जना बिरामी उपचारका लागि सिभिल अस्पतालमा पुग्दै आएकोमा प्रशासनको भद्रगोल व्यवस्थापनका कारण झण्डै सात घण्टासम्म लाइन लाग्नु पर्ने अवस्था रहेको चर्काे आलोचना शुरु भएको हो । अस्पताल प्रशासनका अनुसार,ओपीडी काउन्टर बिहान ७ बजे खुल्छ तर चिकित्सकहरू साढे ९ बजेदेखि बिरामी हेर्न सुरु गर्छन् । तर, टिकट पाउने आशमा बिरामीहरू बिहान ४–५ बजेदेखि नै लाइनमा बसिरहेको भेटिन्छन्,त्यहाँ । उसो त अनलाइनबाटै टिकट काट्न पाइने व्यवस्था पनि नभएको होइन तर ३५ जनाका लागि मात्र कोटा सीमित छ । त्यसमा पनि निजामती कर्मचारी र सर्वसाधरणका कोटा छुट्टाइएको हो । स्थायी र करार गरी १६३ जना चिकित्सकहरु कार्यरत रहे पनि अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण उपचारका खोजीमा सिभिलमा पुगेका विरामीहरुको बेहाल हुँदै आएको छ ।

बिज्ञापन

उसो त सो अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, महिलाको छुट्टाछुट्टै लाइनको व्यवस्था समेत नभएको र भद्रगोल तबरले अस्पताल चलिरहेको देख्न पाइन्छ । सरकारले साउन पहिलो साता अस्पतालको कार्यकारी निर्देशकमा जितेन्द्र परियारलाई नियुक्त गरेको छ । परियार,नेपाल मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स निलम्बनको कारबाही भोगिसकेका चिकित्सक हुन । १५ बर्ष अघि घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर र दुवै डिम्ब ग्रन्थि निकालिएको गम्भीर चिकित्सकीय त्रुटिपछि काउन्सिलले ६ महिनाका लागि निलम्बन परेका उनको प्रधानमन्त्री सचिवालयको ठाडो दबाबमा अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।उनी जिम्मेवारीमा पुगेसँगै अस्पतालको सेवा प्रवाहमा झन धेरै गुनासो सुन्न थालिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष