अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

सञ्चार सचिव डा कमल प्रसाद पोखरेलले राजीनामा दिएका छन् । जागिर अवधि अझैं बर्ष दिन बाँकी रहेका उनले बर्ष दिन अगावै जागिरबाट राजीनामा दिएका हुन । सञ्चार मन्त्रालयमा सरुवा भएको साता दिनमै उनले राजीनामा दिएर सेवाबाट बाहिरिएका छन् । सरकारले साउन दोश्रो साता सञ्चार सचिव लक्ष्मी बस्नेतलाई तथ्यांक कार्यालयमा पठाएर त्यहाँ पोखरेललाई लगेको थियो तर सञ्चारमा सरुवा भएको साता दिनमै सचिव पोखरेलले अवकाशको बाटो रोजेका हुन ।

बिज्ञापन

सञ्चार सचिव पोखरेल त्यसअघि शिक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहँदै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव थिए । झण्डै १३ महिना सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको भूमिकामा काम गरेर आएका पोखरेल केही समय राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । जागिर अवधि अझैं १३ महिना बाँकी रहेका उनी सञ्चार मन्त्रालयमा सरुवा भएको साता दिनमै राजीनामा दिएर बाहिरिएका हुन ।

बिज्ञापन

उनीसँगै आगामी भदौं ४ गतेबाट अनिवार्य अवकाशमा जान लागेका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन् । बागमती प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए । अनिवार्य अवकाशको दुई साता अगावै उनी राजीनामा दिएर हिडेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष