लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो । आयोगका अनुसार,इलामको चुलचुली गाउँपालिकामा कार्यरत छैठौँ तहका इन्जिनियर डिल्ली राज खड्का र आठौँ तहका लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगका अनुसार उनीहरुले ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। पुलको डिजाइन स्वीकृत गर्ने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।

बिज्ञापन

अख्तियारको अनुसन्धानका क्रममा पुलको डिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा ठेक्काको बिल भुक्तानी प्रक्रिया सम्पन्न गराउन इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईले आपसी मिलोमतो गरेको खुलेको भेटिएसँगैं भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ६ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गरेको छ। आयोगका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सजाय दिलाउन माग गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष