निजामती प्रशासन भय र त्रासमा चलिरहेको छ । प्रक्रियागत काम गर्दा समेत कतिपय कर्मचारीहरु फस्दै आएका छन् । हालैमात्र परराष्ट्रका बहालवाला सचिव तिर्थराज भट्टराई १५ बर्ष पूरानो मुद्धाका कारण पक्राउ परे र उनी जिल्ला अदालतबाट १० हजार धरौटीमा रिहा भइसकेका छन् । यस्तै पासपोर्ट प्रकरणमा तिर्थराज अर्याल लगायतका कर्मचारीहरु पक्राउ परे पनि उनीहरु छुटिसकेका छन् । उसो त उच्च तहका सरकारी कर्मचारीहरूमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डे कारागार जीवन बिताइरहेका छन् । यस्ता धेरै उदाहरणहरु छन्,निजामतीभित्र । यही प्रकरणमा जोडिएका कतिपय नेताहरुले उन्मुक्ति पाउँदा सचिव भने कारागारमा पुगेका छन् ।
बिज्ञापन
पछिल्लो समय प्रशासनिक प्रक्रियामा प्रधानमन्त्री र मन्त्रीको सचिवालय हाबी हुँदै गएको र मन्त्री तथा सचिवालयले भनेको मान्दा सो अनुसार कलम चोप्दा अख्तियारको फन्दामा पर्ने भयमा काम गरिरहेका छन्,कर्मचारीहरु । मन्त्री र तिनका सचिवालयले भने अनुसारका सबै काम गर्ने हो भने सिंहदरवारका आधा कर्मचारी अख्तियारमा बयान दिन जान तयार हुनुपर्ने कर्मचारीवृत्तले निकालेका छन् ।
बिज्ञापन
सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू कानुनले नचिन्ने व्यक्तिका कुरा सुन्ने, त्यहीअनुसारका निर्णय गराउन अग्रसर हुने कारण कर्मचारीहरू अप्ठेरोमा परेको सिंहदरबारका केही प्रशासकहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । भन्छन्,जसरी पनि फाइलमा हस्ताक्षर गर्न बाध्य पार्ने, कानुन, नियम, विधिको कुरा गर्दा हामी हेर्छौ, तपाईले सही गर्नुस् भनेर दवाव दिनुहुन्छ ।’यसरी सचिवालयको दबाबमा सही गर्दै,कलम चोप्दै जाने हो भने सिंहदरबारका आधा कर्मचारी अख्तियारको फन्दामा पर्ने कर्मचारीहरु बताउँछन् ।
कर्मचारीहरुका अनुसार सचिवालयको दवाव केही मत्थर हुन नपाउँदै प्रधानमन्त्री कार्यालयबाट फोन आउने, बोलाउने हुन्छ, मन्त्रीको पनि उस्तै दवाव रहन्छ ।’ उनका अनुसार कानुन र विधिभन्दा सनकका भरमा काम गर्नपर्ने अवस्था सिर्जना गरिएको कारण कर्मचारीमा त्रास र आक्रोश बढिरहेको छ । ऐन कानुन हामी हेर्दाै,तपाई सही गर्नुहोस भन्ने सचिवालयको दबाब अनुसार काम गर्दै जाने हो भने सिंहदरबारका आधा कर्मचारीको अख्तियार लाग्ने देखिन्छ ।
बिज्ञापन
एक सचिव भन्छन्,छिटोछरितो सेवा दिने, जनतालाई डेलिभरी चाहिएको छ भन्ने तर काम गर्ने कर्मचारीको दरबन्दी कटौती गर्ने भएपछि कसरी नतिजा आउँछ ? काम गर्ने ठाउँ खाली गराएर कसरी डेलिभरी हुन्छ, कसरी सुशासन आउँछ ? अहिलेको समस्या कर्मचारी नभएर हो कि बढी भएर हो ? यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।’
प्राविधिक सेवातर्फका एक सहसचिव भन्छन्, ‘नेतृत्वको कमजोरी लुकाउन कर्मचारीलाई मोहोरा बनाउन खोजिएको छ, त्यहीअनुसार कर्मचारी कटौती, सेवा सुविधा कटौती जस्ता अनेक झण्झट सिर्जना गरिएको छ, यसले भोलि ठूलो क्षति हुन सक्छ ।’ एक अधिकारी भनेका छन्, नबोल्ने, हुन्छ हुन्छ भन्ने तर कलमबाट सरकारलाई पुरै असहयोग गर्ने रणनीति नलिने हो भने कर्मचारीले जनताबाट कुटाइ खाने अवस्था आउँदैछ ।



























