पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि जेल बस्न नपर्ने भएको छ। विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी अब जेल बस्नुनपर्ने भएको हो।
२१ बर्ष पूरानो भ्रष्टाचार मुद्धामा उनी विरुद्ध विशेष र सर्वाेच्चबाट दोषी ठहर भएका छन् । तत्कालीन गृह तथा शिक्षा मन्त्री रहेका जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस १८ गते गैरकानुनी रूपमा ३ करोड ९३ लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेषमा मुद्धा लगेकोमा तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीसहितको इजलासले जोशीलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना सुनाएको थियो। विशेषको फैसलाविरुद्ध ८१ साल तेस्रो साता जोशी सर्वाेच्च अदालत पुगे । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतको फैसला केही उल्च्याउँदै जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्चको उक्त फैसलापछि पनि कैद र जरिवाना नबुझाएका जोशीले कानुनी छिद्र र ज्येष्ठ नागरिक सुविधाको प्रयोग गर्दै अन्ततः विशेष अदालतबाट पूर्ण रूपमा जेल सजायमुक्त हुने आदेश पाएका हुन्।
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि जेल बस्न नपर्ने भएको छ।

बिज्ञापन

विशेष अदालतका तीन न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भएको थियो। सो रिटमा न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो। रावलले भने कारागारमा बसेर मात्रै निवेदन दिनुपर्ने राय राखेका थिए।

बिज्ञापन

७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने कानुनी व्यवस्था छ। अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए। अब भने जोशीले उक्त कैद पनि नबसी भुक्तान भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष