विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

काठमाडौं । सडक विभागले देशभर सञ्चालनमा रहेका सडक विस्तार तथा स्तरोन्नति आयोजनामा विद्युतका पोल स्थानान्तरण सबैभन्दा ठूलो अवरोध बनेको जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले नेपाल विद्युत प्राधिकरणबाट समयमै पोल नसारिँदा अधिकांश सडक आयोजना प्रभावित भएको बताउनुभएको छ।

बिज्ञापन

शुक्रबार संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले सडक विभागले सडकको ‘राइट अफ वे’ भित्र पोल राख्न सहजीकरण गरे पनि सडक विस्तारका बेला ती पोल हटाउने काममा अपेक्षित गति नआएको गुनासो गर्नुभयो। यसले आयोजना सम्पन्न हुन ढिलाइ हुनुका साथै राज्यले अनावश्यक आर्थिक भार पनि व्यहोर्नुपरेको उहाँको भनाइ थियो।

बिज्ञापन

उहाँका अनुसार सडक विभाग र विद्युत प्राधिकरणबीच मन्त्रालयस्तरमा समन्वय भइरहेको भए पनि पोल स्थानान्तरण, तार व्यवस्थापन तथा अन्य प्राविधिक प्रक्रियामा हुने ढिलाइले निर्माण कार्य प्रभावित भइरहेको छ। एउटै निर्माण व्यवसायीले धेरै आयोजना हात पारेर जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काम सुस्त भएको उहाँले उल्लेख गर्नुभयो।

महानिर्देशक जैसीले नागढुङ्गा–मुग्लिङ सडक आयोजनाको उदाहरण दिँदै पाँच वर्षदेखि प्रयास गर्दा पनि अझै १८२ वटा विद्युत पोल स्थानान्तरण हुन बाँकी रहेको जानकारी दिनुभयो। पोल नसारिँदा कतिपय स्थानमा पोलकै बीचबाट सडक कालोपत्र गर्नुपर्ने अवस्था आएको र निर्माण व्यवसायीहरूले त्यसलाई काम ढिलाइ गर्ने आधार बनाइरहेको उहाँले बताउनुभयो। यसबाट निर्माण कम्पनीहरूले क्षतिपूर्ति दाबी गर्ने अवस्था सिर्जना हुँदा राज्यले करोडौँ रुपैयाँ अतिरिक्त भुक्तानी गर्नुपरेको पनि उहाँले स्पष्ट पार्नुभयो।

बिज्ञापन

बैठकमा उहाँले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा तथा सूर्यविनायक–धुलिखेल सडक आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। यस्तै, पोखराको सेती नदीमाथि निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूको डिजाइन र नेतृत्वमा ‘एक्स्ट्राडोज’ प्रविधिबाट निर्माण भइरहेको उल्लेख गर्दै केही समय लागे पनि काम सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभयो।

सडक विस्तारका क्रममा सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको विषयप्रति विभाग संवेदनशील रहेको उल्लेख गर्दै उहाँले बाँकी अवरोध हटाएर निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

बिशेष