नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

   १८ सदस्यीय बर्तमान क्याविनेटमा महिला मन्त्रीहरूको संख्या पाँच जना रहेको छ । बालेन क्याविनेटमा सोविता गौतमलाई कानूनमन्त्री,सङ्घीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामा निशा मेहता मन्त्री रहेका छन् ।
राजनीतिक रुपमा महिलाको उल्लेख्य संख्या भए पनि वर्तमान सरकार बनेसँगै सिंहदरबारबाट महिला सचिव शून्य बनाइन लागेको छ । यस अघि सामान्य प्रशासन,सञ्चार,महिला बालबालिका,कानुन र उर्जा सहितका ६ मन्त्रालय तथा आयोगहरु महिला कमाण्डर रहेकामा अब सिंहदरबारभित्र उच्च प्रशासनिक तहमा महिलाको उपस्थिति शून्य पारिन लागेका हो । यस अघि नै केही महिला सहसचिवहरुलाई बाहिर पठाउने क्रमले निरन्तरता पाइरहेको छ ।

बिज्ञापन

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको पालामा एउटा विषय निकै चर्चित थियो– संघीय मामिला मन्त्रालय महिलाहरूले हाँकिरहेको । रामेश्वर खनाल सामान्य प्रशासनमन्त्रीसमेत थिए । सो समयमा महिला सचिवको रुपमा चन्द्रकला पौडेल सामान्य प्रशासनमा भित्रिइन नीता पोखरेल,पार्वती शर्मा र मीरा आचार्यहरु सोही मन्त्रालयमा थिए । ६ वटा महाशाखामध्ये ३ वटा शाखाको प्रमुख महिला नै थिए ।

बिज्ञापन

तर नयाँ सरकार बनेसँगै सहसचिवहरू पार्वती शर्मा र निता अर्याललाई प्रदेशतिर पठाइदिइन् । पहिल्यै प्रदेशमा बसेर आएका सहसचिवहरूलाई यसरी दोह्रोएर प्रदेशमा खटाइएको हो । सामान्यतया सरकारले एकपटक प्रदेशमा बसिसकेका सहसचिवलाई फेरि प्रदेशमा नै सरुवा नगर्ने परम्परा रहँदै आएको छ । शर्माले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेशस्थित कार्यालयमा १३ महिना र पोखरेलले लोकसेवा आयोगको वाग्मती प्रदेशमा रहेर काम गरिसकेका कर्मचारी हुन । सहसचिवबाट शुरु भएको खेदाइ सचिव चन्द्रकला पौडेल हुँदै राधिका अर्यालसम्म पुगेको छ,यो क्रम सरिता दुवाडीसम्म पुग्ने क्रममा रहेको प्रशासकहरु बताउँछन् ।
साउन दोश्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार मन्त्रालयकी लक्ष्मी बस्नेतलाई तथ्यांक अधिकारीको रुपमा सरुवा गरिएको छ । त्यहाँ डा कमल प्रसाख पोखरेललाई ल्याइएको छ ।

चार महिना नपुग्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेकी राधिका अर्याललाई कर्णाली प्रदेशतिर धपाइएको छ । र महिला मन्त्रालयमा कृष्णबहादुर राउतलाई सचिवको जिम्म्ेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालय तथा कानुन मन्त्रालयमै कानुन सचिवको दरबन्दी रहेको भए पनि कानुन सेवाकी सचिव इन्दिरा दाहाल भट्टराईलाई कानुन आयोगमा खटाइएको छ । यस्तै तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट लखेटिएकी चन्द्रकला पौडेल पनि उपराष्ट्रपतिको कार्यालयमा थन्किएकी छन् । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रलाई पनि जिम्मेवारीविहीन बनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत सरिता दवाडीलाई ऊर्जा आयोग वा नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्न प्रस्ताव अगाडि बढेको स्रोतको भनाई छ । उनको सरुवासँगै १८ वटा मन्त्रालयमा महिला सचिव एक जना पनि रहने छैनन् ।

बिज्ञापन

महिला सचिव मात्र हैन सहसचिव, उपसचिव पनि सरुवा गर्दै पुरुषका लागि खाली गराउने रणनीतिमा सरकार रहेको देखिएको प्रशासकहरु बताउँछन् । त्यही योजना अनुसार, यस अघि गृह,सामान्यबाट महिला सहसचिव,उपसचिवहरु तितरबितर पारिसकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

बिशेष