प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

काभ्रेपलाञ्चोक । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सञ्चालित “प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

बिज्ञापन

मिति २०८३ असार ४ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी अन्तर्गत सञ्चालित उक्त तालिम आज असार ८ गते विशेष समारोहका बीच सम्पन्न गरिएको हो। समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बिज्ञापन

कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्य सचिव कृष्णराज पन्थ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी राष्ट्रिय सडक सुरक्षा परिषद्का सल्लाहकार सरोज प्रधान, सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी. लगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिममा सशस्त्र प्रहरी बलका ८ जना कर्मचारी र १६ जना सर्वसाधारण गरी कुल २४ जना प्रशिक्षार्थी सहभागी भएका थिए। सडक दुर्घटना तथा अन्य आकस्मिक घटनाका समयमा प्रारम्भिक उद्धार, घाइतेको सुरक्षित व्यवस्थापन, प्राथमिक उपचार तथा उद्धार समन्वयसम्बन्धी विषयमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

बिज्ञापन

समापन समारोहमा प्रमुख अतिथि पौडेलले दुर्घटना तथा विपद्का घटनामा प्रारम्भिक उद्धारकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता तालिमले समुदायस्तरमा उद्धार तथा राहत क्षमतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि कृष्णराज पन्थले सडक सुरक्षा प्रवर्द्धन तथा दुर्घटनापछिको उद्धार प्रणालीलाई प्रभावकारी बनाउन प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। प्रशिक्षित जनशक्तिले आगामी दिनमा समुदाय तथा विभिन्न संस्थामा सडक सुरक्षा र प्राथमिक उद्धारसम्बन्धी ज्ञान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

करिब ८० देखि ९० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। आयोजकका अनुसार सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण तथा उद्धार क्षमताको विकास गर्ने उद्देश्यले यस्ता तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

निजामती नयाँ ऐन, कर्मचारीलाई छैन चैन : दुई सहसचिवले दिए राजीनामा, एक सातामै ४८ कर्मचारी बाहिरिए

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

बिशेष