प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृतहरुको व्यवहार,निष्पक्ष,पारदर्शी अनुशासित,मर्यादित र सदाचारयुक्त बनाउन भन्दै मन्त्रालयले आचारसंहिता जारी गरेको हो । आचारसंहितामा व्यक्तिगत लाभ हासिल गर्ने गराउने वा गाउँपालिका तथा नगरपालिकाको कामवाट व्यक्तिगत लाभ गर्ने उद्देश्यले अन्य स्थान या कसैको निवासमा सेवाग्राही, सेवा प्रदायक तथा व्यवसायीसँग भेटघाट गर्नु हुँदैन ।
गाउँपालिका तथा नगरपालिकाबाट हुने कुनै पनि प्रकारको खरिदमा आफ्नो नजिकको नातेदार तथा स्वार्थ भएको व्यक्ति या फर्मलाई दिने गरी अवाञ्छनीय प्रभाव पार्नु नहुने व्यवस्था गरिएको छ । यस्तै आफ्नो पदीय जिम्मेवारीको दूरुपयोग गरी आफ्नो वा अन्य कुनै व्यक्ति वा संस्थाको निहित स्वार्य पूरा पर्ने गरी काम गर्न वा गराउनु हुदैन। आफ्नो पदीय हैसियत र अधिकारको आधारमा कुनै पनि प्रकारको स्वार्थ देखिने कार्य गर्नु हुँदैन ।
प्रमुख प्रशासकीय अधिकृतले आफू जुनसुकै कारणबाट स्थानीय तहको कामबाट अलग भएपछि आफ्नो कार्यालयसंग सम्बन्धित परिचयपत्र, कागजात पासवर्ड, नगदी वा जिन्सी सामाग्रीहरु गाउँपालिका तथा नगरपालिकामा फिर्ता गर्नुपर्नेछ । जुनसुकै कामको सिलसिलामा स्थलगत भ्रमणमा जाँदा सम्बन्धित सेवाग्राही, निर्माण व्यवसायी बा स्थानीय तहको सेवा प्रदायकको सौजन्यमा होटल बास, खाजाखाना, सवारी साधन वा अन्य कुनै किसिमको सुविधाको प्रयोग वा उपयोग गर्नु नहुने,कार्यालयभित्र या सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, तास जुवा खेल्ने तथा आफू कार्यरत स्थानीय तह एवम् राष्ट्र सेवकको मर्यादामा आँच आउने कुनै पनि काम गर्नु नहुने व्यवस्था राखिएको छ ।
यस्तै प्रचलित कानून तथा व्यवस्था वमोजिम स्वीकृत दिने निकाय वा पदाधिकारीको स्वीकृति वेगार विदेश भ्रमण, तालिम या कार्यशाला गोष्ठीमा भाग लिन जाने दातृ निकाय वा अन्य कुनै पनि सस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्नु नहुने,गाउँपालिका तथा नगरपालिकाको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट कार्यपालिका र मन्त्रालयको स्वीकृति बेगर कुनै पनि प्रकारको उपहार आतिथ्यता स्वीकार गर्न तथा आफूलाई गैरकानूनी फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन हुँदैन ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृतले कार्ययोजनाका आधारमा नतिजामूलक कार्यसम्पादन गर्ने,तोकिएको काम र पदीय जिम्मेवारी पूरा गर्दा राष्ट्र र राष्ट्रियतार स्थानीय तहको वृहत्तर हितलाई ध्यानमा दिनुपर्ने,पदीय दायित्व निर्वाह गर्दा अधिकार प्राप्त अधिकारी समक्ष बाहेक आफू कार्यरत स्थानीय तह,जनप्रतिनिधि र मातहतका निकायविरुद्ध नकरात्मक टिप्पणी गर्नु नहुने भनिएको छ ।
संघीय सरकार,प्रदेश र स्थानीय सरकारको तथ्य तथ्यांकलाई बग्याउन नहुने,कार्यालय,रेष्टुरा तथा सार्वजनिक स्थलमा भड्किलो व्यवहार प्रस्तुत गर्न नहुने,स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी र निकायलाई धोखा दिन नहुने व्यवस्था राखिएको छ ।
कानुन अनुसार गोप्य राख्नुपर्ने सूचना र विवरणहरु गोप्य राख्नुपर्ने,प्राप्त सूचनाहरुलाई गलत र भ्रमणपूर्ण प्रयोग गर्न नहुने आचारसंहिताले व्यवस्था गरेको छ ।
यस्का अलवा आचारसंहितामा कर्तव्य पालनको सिलसिलामा आइपरेको समस्या सामाधान हुन नसके अध्यक्ष तथा प्रमुखलाई सोको जानकारी दिनुपर्ने,आफूलाई तोकिएको जिम्मेवारी अरुलाई पन्छाउन नहुने,कसैको अनुचित,दवाव,प्रभाव,प्रलोभन,भनसुनमा पर्नु नुहने भनिएको छ ।
यस्तै,जनप्रतिनिधि, सेवाग्राही, सरोकार समूह एवम् सर्वसाधारण सहयोगी बन्नुपर्ने, उनीहरुसँग मैत्रीपूर्ण सेवाभावको प्रदर्शन गर्नुपर्ने, नकारात्मक टिप्पणी गर्न नहुने र अन्तरवैयक्तिक सम्बन्ध राख्दा भेदभाव गर्न नहुने विषय प्रस्तावित आचारसंहितामा समेटिएको छ । सरकारी प्रतिक चिह्न, छाप, पास, साँचो, पासवर्ड, सिल हिफाजतपूर्वक प्रयोग गर्नुपर्ने, तथ्य वा तथ्यांक वा मुद्दालाई बंग्याएर अपव्याख्या गर्न नहुनेसहित व्यक्तिगत फाइदा हुने वा अरुको चरित्र हत्या गर्ने जस्ता व्यवहार गर्न नहुने व्यवस्था गर्न लागिएको छ ।

बिज्ञापन

कार्यालयमा तोकिए बमोजिमको पोशाक र परिचयपत्र लगाउन र पदबाट अलग भएपछि परिचयपत्र, कागजात, पासवर्ड, नगदीरजिन्सी सामग्रीहरु फिर्ता गर्न अनिवार्य गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष