नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले कानुन विपरीत दिएको निर्देशनको अब्जेक्सन जनाएका छन् ।
धादिङ क्षेत्र नम्बर १ की हालै मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी थिइन् ।

बिज्ञापन

मलेखुबाट ताल्तीसम्म जाने ठूला मालबाहक सवारी साधनसँग कर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले फेसबूकमार्फत जानकारी गराएकी थिइन् । उनको निर्देशनमाथि विमती जनाउँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको निष्कर्ष निकाल्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो । १३ वटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद तामाङलाई संविधानको व्यवस्था सम्झाएका छन् ।

बिज्ञापन

उनीहरूले संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ ।’ संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई दिएको अनन्य अधिकारहरू प्रयोग गर्नमा बाधा पुर्‍याउने गरी कर्मचारीतन्त्र वा माथिल्लो तहका जनप्रतिनिधिले गर्ने कुनै पनि आदेश स्वीकार्य नहुने उनीहरूको अडान छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष