स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

देशका ७ सय ५३ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका अब्बल ठहरिएको छ । सो पालिकाले ८३ दशमलव ८४ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो,कार्यसम्पादन मूल्यांकनमा ।

बिज्ञापन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर देशैभरका स्थानीय,प्रदेशहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो । आयोगले देशैभरका स्थानीय तहको मूल्यांकन गर्दा १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे तथा नगरेको,घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मानेको छ ।

बिज्ञापन

सोही आधारमा ८३ दशमलव ८४ अंक सहित अर्घाखाँचीको पाणिनि गाउँपालिका सबैभन्दा अग्रस्थानमा रहेको हो । यस्तै कार्यसम्पादनमा ८० कटाउने पालिका जम्मा चार वटा रहेका छन् । जसमा रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ अंक ल्याएर दोस्रो स्थानमा रहँदा गुल्मीको मालिका गाउँपालिकाले ८१ दशमलव ९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८० दशमलव ५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।

यसैगरी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ७८ दशमलव ५० अङ्क प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको छ भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८ दशमलव १९ अङ्कका साथ छैटौँ स्थानमा परेको छ । मोरङको विराटनगर महानगरपालिका ७८ दशमलव ११ अङ्क सहित सूचीको सातौँ स्थानमा रहँदा डडेलधुराको अमरगढी नगरपालिकाले ७७ दशमलव ७९ अङ्क प्राप्त गरी आठौँ स्थान प्राप्त गरेको छ ।

बिज्ञापन

यस्तै,उत्कृष्ट १० को सूचीमा दाङको राप्ती गाउँपालिका ७७ दशमलव ४६ अङ्कका साथ नवौँ स्थानमा अटाउन सफल भएको छ भने जाजरकोटको भेरीमालिका नगरपालिका ७६ दशमलव ९६ अङ्क प्राप्त गर्दै दशौँ स्थानमा परेको आयोगले जनाएको छ । प्रतिवेदन अनुसार,सबैभन्दा कमजोर कार्यसम्पादन भएका पालिकाहरुमा मधेशका स्थानीय तहहरु रहेका छन् । जसमा धनुषाको धनौजी गाउँपालिकाले ३१ दशमलव ८१ अंक प्राप्त गर्दा देवाही गोनाही नगरपालिकाले ३० दशमलव ९१ अंक पाएको छ भने पर्साको धोबिनी गाउँपालिकाले ३२ दशमलव ८८ अंक पाएको वित्त आयोगको रिर्पोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

बिशेष