कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

मुलुकभरका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा आधारमा देशकै सबैभन्दा ठस्लो महानगरपालिका काठमाडौं सबैभन्दा कमजोर पाइएको छ भने सबैभन्दा अब्बल दह्रिएको छ विराटनगर महानगरपालिका ।भावी प्रधानमन्त्रीका रुपमा प्रचारित वालेन साहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाको कार्यसम्पादन ६ महानगरपालिकामध्ये सबैभन्दा कमजोर रहेको रिर्पोट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ ।

बिज्ञापन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर देशैभरका स्थानीय तहको मूल्यांकन गरेको थियो ।जसमध्ये स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे तथा नगरेको,घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मानेको छ । का आधारमा काठमाडौं महानगरपालिकाले ४४ दशमलव ९७ अंक प्राप्त गरि सबैभन्दा कमजोर ठहरिएको हो भने ७८ दशमलव ११ अंक सहित विराटनगर सबैभन्दा अब्बल ठहरिएको हो ।

बिज्ञापन

वित्त आयोगको मूल्यांकनका आधारमा ललितपुर महानगरपालिकाले ७६ दशमलव ३३ प्रतिशत अंक प्राप्त गर्दा भरतपुर महानगरपालिकाले ६८ दशमलव ०४ अंक प्राप्त गरेको छ । यस्तै,पोखरा महानगरपालिका ५८ दशमलव ०४ अंकसहित चौथौं र पाँचौं स्थानमा वीरगञ्ज महानगरले ५४ अंक पाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

बिशेष