अन्तत माओवादीका मेयर राजन पौडेलले रोजेरै रंगीला हाकिम लिएर गएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ८ जना सहसचिवको सरुवा गर्दा रंगिला कर्मचारीका रुपमा चिनिएका डम्बरु निरौला बाराको सिमरास्थित जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन । मेयर राजन पौडेलको रोजाइ अनुसारै उनले रंगीला हाकिम डम्बरुलाई लिएर जान सफल भएका हुन । सहसचिव बढुवामा सिफारिस भएका बदनाम उपसचिव डम्बरु निरौलालाई सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा लैजान मेयर राजन पौडेलले निकै जोडबल गरेका थिए । त्यसैका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिरालाल चौधरी हाजिर गरेको केही समय पछि फिर्ता भएका थिए ।
बिज्ञापन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत रहेका चौधरीलाई सामान्य प्रशासनले गत पुस ११ गते जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाएको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई सरुवा भएर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा सामान्यले हिरालाल चौधरीलाई खटाएको भए पनि उनी समयमा हाजिर हुन आएको मेयर पौडेल बताउँछन् । यता, डम्बरु सहसचिवमा बढुवा भए लगतै उपमहानगरपालिकाको प्रमुख प्रशमासकीय अधिकृतमा पदस्थापनको व्यवस्था मिलाउन पालिकाले सामान्य प्रशासन मन्त्रालयमार्फत प्रयास गरिरहेको बिषयमा कर्माचारी प्रेसले अघिल्लो महिना समाचार प्रकाशन गरेको थियो । हिरालाल सो पालिकामा हाजिर भए लगतै सहसचिवमा बढुवा भएर हिडेसँगै त्यहाँ डम्बरुलाई लैजाने बाटो खुलेको हो ।
डम्बरु यस अघि सोही पालिकामा बसेर विगतमा काम गरिसकेका कर्मचारी हुन । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुादा यौनकाण्ड लागेर बदनामीमा मुछिएका कर्मचारी हुन उनी । डम्बरु ७९ साल चैत्र १५ गतेदेखि ८० साउनसम्म । साउन दोस्रो साता निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भयो । त्यसपछि सामान्यले अतिरिक्त समूहमा तानिएका थिए,साउन २४ मा । सामान्यको बरण्डामा तीन महिना आराम गरेपछि उनलाई भूमि सुधार तथा मालपोतमा तानेर वीरगञ्ज मालपोतको प्रमुख बनाएर खटाइएको थियो । झण्डै एक बर्ष वीरगञ्ज मालपोतमा बिताएका उनी त्यहाँबाट सरुवा भएर लहान,सिरहाको कार्यालय प्रमुख छन् अहिले । वीरगञ्जमा रहँदा उनलाई राजकुमार गुप्ताले पटक पटक हटाउन खोजेका थिए तर राम्रै लगानी गरेर उनी त्यही टिक्न सफल भएको कर्मचारी वृत्तमा चर्चा सेलाएको छैन । पछि लहानमा कार्यरत रहँदै गर्दा उपसचिवबाट सहसचिवमा उक्लिएका डम्बरु प्रशासन सेवातर्फका १२ कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुँदा उनी पछि बढुवामा परे । झापामा सहायक सिडिओ रहेका बेला जग्गा किर्ते काण्डमा संलग्न रहेको आरोप खेपिरहेका निरौला यस अघि जितपुरसिमराको प्रमुख प्रशासकीय चलाइसकेका कर्मचारी हुन । उनी ७७ साल साउनदेखि असोजसम्म सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए । उनै बदनाम कर्मचारी अर्थात रंगीला हाकिम माओवादीका मेयर खरा मेयर राजनको रोजाईमा परेका हुन । तर मेयर राजनले भने आफूले सामान्य प्रशासनलाई कुनै दवाव नदिएको,स्थानीय तह बुझेको र लामो समय स्थानीय तहमा टिकेर काम गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत पठाइदिनुहोस भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,कर्मचाी प्रशासन हेर्ने शाखा प्रमुखहरुसँग आग्रह गरेको बताउँछन् ।

























