तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा‍ संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दाको मिसिलसँग सम्बन्धित थप प्रमाण र कागजात मगाउने आदेश दिएको हो।

बिज्ञापन

अख्तियारले गत कात्तिक २ गते तत्कालिन महानिर्देशक मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक । श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा।सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम इनकर्पोरेसन ट्रेडर्स प्रालिका संस्थापक–सञ्चालक सुन्दर भुसालसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । यस अघि अदालतले मिश्रालाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएकोमा आइतबारको आदेशसँगै अब अख्तियारले अभियोगपत्रको पुष्टि गर्ने थप प्रमाणहरू अदालतमा पेश गर्नुपर्नेछ। ती प्रमाणहरू अध्ययन गरेपछि मात्र अदालतले मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अगाडि बढाइने विशेष अदालतले जनाएको छ ।

बिज्ञापन

उता विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फुयाललाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फुयालसहित पाँचजना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

बिशेष