आन्तरिक राजश्व विभागले ४० जना अधिकृतहरुको सरुवा गरेको छ ।
बिज्ञापन
विभागले निर्वाचन आचारसंहिता लाग्नु अघि ४० जना कर अधिकृतहरुको सरुवा गरेको हो । विभागले आइतबारको निर्णय अनुसार,नेपाल प्रशासन सेवा,राजश्व समूहका ४० जना अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुुसार, विभिन्न राजश्व कार्यालय,करदाता सेवा कार्यालयमा कार्यरत रहेका शाखा अधिकृतहरु सरुवामा परेका हुन ।
जस अनुसार,१६ जना कर अधिकृतहरु विभिन्न कार्यालयबाट आन्तरिक राजश्व विभागमा आइपुगेका छन् भने तीन जना ठूला करदाता कार्यालय र चार अधिकृतहरु मध्यस्तरीय करदाता कार्यालयमा पुगेका छन् ।


























