बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीको उपाध्यक्षमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सीटीईभीटीको उपाध्यक्षका लागि २९ जनामध्ये ८ जना हुँदै अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले ३ जनाको नाम सिफारिस गरिएको थियो । ती आठ जनामध्ये गोरखाका उपेन्द्र पोखरेल, महोत्तरीका उमेशकुमार मिश्र, तनहुँका काजीराम अधिकारी, दार्चुलाका कुष्माकर भट्ट, कञ्चनपुरका खेमराज जोशी, झापाका टैलेन्द्र आचार्य, रौतहटका मोहम्मद सफिउल्लाह र बाराका हरिशंकरप्रसाद साह सर्टलिस्टमा परेका छन् ।

बिज्ञापन

पुस २८ गते उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको समय तोकिएको शिक्षा मन्त्रालयले जनाएको छ । समितिले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा रौतहटका मोहम्मद सफि उल्लाहलाई नियुक्त गरिएको हो ।
प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् झण्डै एक बर्षदेखि रिक्त रहेकोमा क्याविनेटको निर्णय सँगै उपाध्यक्ष पाएको छ । २०८१ माघदेखि सीटीईभीटीइ रिक्त छ । तत्कालीन उपाध्यक्ष ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गते बसेको बैठकले सीटीईभीटीको उपाध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले सीटीईभीटीको उपाध्यक्षमा नियुक्त गरेका बरालको योग्यतामाथि प्रश्न उठाउँदै टैलेन्द्र आचार्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि भएको सुनुवाइले बरालको योग्यता नपुग्ने ठहर गरेसँगै सो संस्था उपाध्यक्षविहिन रहेकोमा निर्वाचन आचारसहिता लाग्नु अघिको क्याविनेटले उपाध्यक्षमा नियुक्ति गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष