जेनजीको राजमा समेत रोकिएन विकृती : पाँच महिनामै चार सचिव ‘भकुण्डो’

नेपालमा पछिल्लो सात दशकमा ठुलठूला राजनीतिक परिवर्तनहरु भए । शासन व्यवस्था बदलियो । तर, मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्र भने अहिले पनि पुरानै रवैयामा चलिरहेको छ ।

बिज्ञापन

निजामती प्रशासनलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा पुरानै सोच,शैली र संगठनात्मक संरचनामा चलाइँदा राजनीतिक परिवर्तनका एजेण्डा कार्यान्वयन हुन सकेको छैन । जसका कारण व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको पाइन्छ । यसको मुख्य जिम्मेवार भने राजनीतिक नेतृत्व नै हो । जेनजीको सरकार बनेसँगै अर्थात भदौं २३ र २४ को विद्रोहपछि मुलुकको गन्तव्य तय गर्ने र कर्मचारीतन्त्रलाई सोही अनुकूल रुपान्तरण गर्ने अपेक्षा गरिएको थियो तर नेपालको कर्मचारी प्रशासन आज पनि पुरानै मनोविज्ञानमा घिस्रिइरहेको छ ।

बिज्ञापन

कर्मचारीलाई आफू अनुकूल प्रयोग गर्न खोज्ने राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वलाई खुशी तुल्याएर बढुवा हुन सकिन्छ भन्ने मान्यता राख्ने कर्मचारीतन्त्र दुवै यसका बराबर दोषी हुन् । जेनजीको सरकार आएसँगै केही प्रशासकहरु हामी नै असली जेनजी प्रशासक हौं भन्दै हिडिरहेका छन् । सिंहदरबारका कोठा कोठामा तिनका गोप्य बैंठक चलिरहेकै छ ।
पछिल्लो समय जेनजी सरकार समेत कर्मचारी सरुवामै रमाउन थालेको छ । यस्ता प्रशासनिक विकृती सिंहदरबारमात्र होइन प्रदेशका मन्त्रालयतिर झन धेरै झागिएको देख्न पाइन्छ । त्यस्को एउटा सानो उदाहरण हेर्न बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई हेर्दा हुन्छ । जेनजीको सरकार आए यताका पाँच महिनामा चार जना सचिवलाई भकुण्डो बनाइएको छ ।

सो मन्त्रालयको नेतृत्व अहिले जयराम थापाले सम्हालेका छन् । ०८१ पुस २५ गते सङ्घीय सरकारबाट सरुवा भई आएका वीरेन्द्रदेव भारतीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन सचिव बलराम निरौला समावेशी आयोगमा सरुवा भएपछि भारतीले जिम्मेवारी पाएका थिए । करिब ८ महिना मन्त्रालयको प्रशासनिक कमान्ड सम्हालेका भारतीलाई २०८२ भदौमा आन्तरिक सरुवामा पारिएको थियो । भारती त्यहाँबाट सरुवा भएर अहिले भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
उनी पछि त्यहाँ सचिव बलराम ढकाललाई जिम्मेवारी प्रदान गरिएको थियो । सचिव ढकाल मन्त्रालयमा १५ दिन पनि टिक्न सकेनन् । त्यस पछि संघीय मन्त्रालयले त्यहाँ रामबाबु पुरीलाई जिम्मेवारी दिइएकोमा उनी पनि छोटो समयमै सरुवा भएका छन् । गत पुस १६ गते उनलाई मुख्यमन्त्री कार्यालय र सहकारी मन्त्रालय हेर्नेगरी सरुवा गरिएको छ भने हाल हेमराज भुसाललाई नयाँ सचिवका रूपमा भित्र्याइएको छ । गत मङ्सिर ३ मा सचिव पुरी सो मन्त्रालयमा हाजिर भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष