सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिनुभयो। उहाँले स्वजागरणलाई व्यक्तिको आन्तरिक रूपान्तरणमार्फत समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने जीवनपद्धतिका रूपमा व्याख्या गर्नुभयो।
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापना गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेन–जी पुस्ताबाट उठिरहेको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र नभई व्यक्तिलाई आन्तरिक रूपमा खुसी र शान्त रहन सिकाउने तथा बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने प्रयोगात्मक जीवन पद्धति भएको उल्लेख गर्नुभयो। “स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउँछ, त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्छ,” उहाँले भन्नुभयो।

बिज्ञापन

उहाँका अनुसार स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैंसँग गर्छ, जसले सुशासन र समृद्धिको आधार सुदृढ बनाउँछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष