गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय,अध्यागमन विभाग,इलाका प्रशासन लगायतका निकायमा झण्डै २४३ कर्मचारी रिक्त रहेकोमा २७ अधिकृतहरु सामान्यबाट सरुवा भएर गृहमा पुगेका छन् । गृह मन्त्रालयअर्न्तगत ६२ अधिकृतका दरबन्दी रिक्त रहेकोमा हालैमात्र सामान्यद्वारा २७ जना सरुवा भएर गृहमा पुगेका हुन ।
बिज्ञापन
गृह मन्त्रालय स्रोतका अनुसार राजपत्र अनकिंत १८१ र अधिकृतस्तरका मात्र ६२ कर्मचारीको दरबन्दी रिक्त रहेकोमा तीमध्ये २७ अधिकृतहरु सरुवा भएर गृह भित्रिएको र उनीहरुकै छिट्टै पदस्थापन हुने गृहले मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अझैं खरिदार तहका ९५,नासु ८६ र अधिकृत तहका ६२ दरबन्दी रिक्त रहेकोमा अझैं ३५ अधिकृत पद रिक्त रहेको गृहले जनाएको छ ।
संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय भन्दा बढी दरबन्दी रहेकोमा झण्डै साढे दुई सय कर्मचारी रिक्त रहेको जनाइएको छ ।


























