थप ६ शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ,नेपाल कृषि सेवाका अधिकृतहरु बढुवा सिफारिस भएका हुन ।
जस अनुसार नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी समूह,हाइड्रोलोजी उपसमूहबाट अनिल खत्री बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहबाट राजु कुमार दुवेदी,राजमान श्रेष्ठ,द्धारिकानाथ धिताल बढुवाका लागि सिफारिस भएका छन् ।
समितिले नेपाल कृषि सेवा,कृषि प्रसार समूहबाट नवराज पण्डित र नेपाल कृषि सेवा वागवानी समूहबाट राजकुमार यादव बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
यी ६ जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ ।


























