यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुन लागेको निर्वाचनका लागि न्याय सेवाका तीन दर्जन कर्मचारीहरुलाई जगेडामा राखेको छ । आयोगले यस अघि नै १६५ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु तोकिसकेको छ । कंथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत रिक्त हुन पुगे त्यहाँ खटाउनका लागि ३६ जना कर्मचारीहरुलाई जगेडामा राखिएको आयोगले जनाएको छ ।

बिज्ञापन

यस अघि नै आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो ।

बिज्ञापन

१६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउँदा ३६ जनालाई भने जगेडामा राखेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटाइएका कर्मचारीलाई कुनै समस्या आएमा रिक्त हुने ठाउँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउनका लागि ३६ जनालाई जगेडामा राखेको हो ।

यसरी जगेडामा राखिएकामध्ये २१ जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत र १५ जना सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत न्याय सेवामा कार्यरत कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

निअ नियुक्ति_अनुसूची २

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

निजामतीभित्र कति होलान नक्कली प्रमाणपत्रधारी ?

सशस्त्रमा ६ डीआईजीको पद रिक्त, १४ एसएसपीबीच प्रतिस्पर्धा

ट्रेड युनियनमा लागेका कर्मचारीहरुलाई निर्वाचनमा नखटाइने,आफ्नै वडामा जान समेत कडाइ

बिशेष