यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुन लागेको निर्वाचनका लागि न्याय सेवाका तीन दर्जन कर्मचारीहरुलाई जगेडामा राखेको छ । आयोगले यस अघि नै १६५ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु तोकिसकेको छ । कंथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत रिक्त हुन पुगे त्यहाँ खटाउनका लागि ३६ जना कर्मचारीहरुलाई जगेडामा राखिएको आयोगले जनाएको छ ।

बिज्ञापन

यस अघि नै आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो ।

बिज्ञापन

१६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउँदा ३६ जनालाई भने जगेडामा राखेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटाइएका कर्मचारीलाई कुनै समस्या आएमा रिक्त हुने ठाउँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउनका लागि ३६ जनालाई जगेडामा राखेको हो ।

यसरी जगेडामा राखिएकामध्ये २१ जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत र १५ जना सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत न्याय सेवामा कार्यरत कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष