बर्ष दिनमै २७९० नेपाली विदेशबाट डिर्पोट

अघिल्लो आर्थिक बर्षमा ११६ विदेशी नागरिकको नेपाल प्रवेश अस्वीकृत भएको छ । अध्यागमन विभागका अनुसार विभिन्न तीन दर्जन मुलुकका १ सय १६ विदेशी नागरिकको नेपाल प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ। प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामध्ये सबैभन्दा बढी भारत र चीनका नागरिक रहेका छन्। विभागका अनुसार भिसाको म्याद सकिनु, विगतमा शंकास्पद गतिविधिमा संलग्नता, आपराधिक अभिलेख, राष्ट्रिय सुरक्षामा जोखिम तथा पटक–पटक अध्यागमन नियम उल्लंघनजस्ता कारणले विदेशी नागरिकलाई नेपाल प्रवेश नदिइएको हो।

बिज्ञापन

यस्तै विभागका अनुसार, अघिल्लो आर्थिक बर्ष सन् २०२५ मा ५ सय १ विदेशी नागरिक डिपोर्ट भएका छन्। तीमध्ये ४३७ जना नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका (ओभरस्टे) थिए भने बाँकी ६४ जना विभिन्न अपराधमा संलग्न रहेका थिए। भिसाको उद्देश्यविपरीत बसोबास, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसूरमा सजायँ भुक्तान पश्चात उनीहरूलाई डिपोर्ट गरिएको हो।

बिज्ञापन

यस्तै, सन् २०२५ मै विश्वका ७७ मुलुकबाट २ हजार ७ सय ९० नेपाली नागरिक डिपोर्ट भई नेपाल फर्किएका छन्। डिपोर्ट हुनेमा सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, संयुक्त अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७ र जापानबाट १२८ जना रहेका छन्।

सम्बन्धित मुलुकमा ओभरस्टे बस्नु, अपराधमा संलग्न भई कैद भुक्तान गर्नु, भिसा नलिई गैरकानुनी रूपमा बसोबास गर्नु तथा अध्यागमन कानुन विपरीतका गतिविधि गर्नुका कारण उनीहरूलाई डिपोर्ट गरिएको विभागले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष