विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ सुरु

नेपाल भ्रमणमा आउने विदेशी नागरिकबारे जानकारी राख्ने गरी सूचना व्यवस्थापन प्रणाली सुरु गरिएको छ।

बिज्ञापन

बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले बिकाश गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् । विभागका अनुसार, अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत, बसाइँलाई प्रभावकारी बनाउन सूचना प्रणाली सुरु गरिएको बताए। यसले पर्यटकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने र विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सजिलो हुने बुझाइ छ ।

बिज्ञापन

यस प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अर्यालले विश्वास जनाए।

विभागले सुरु गरेको प्रणाली अनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरूले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी प्रणाली विकाश गरिएको छ ।

बिज्ञापन

देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरूबाट सो प्रणाली लागु गरिएको छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागु गरिने विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई प्रभावकारी बनाउने बताए । उनले भने, ‘व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सहज हुन्छ ।’ नेपालमा बस्दा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै तिवारीले भने, ‘विश्व स्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणालीले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष