लिचीबारी जग्गा प्रकरणमा जोडिएका मन्त्री थुनामा पुग्दा उपसचिव निलम्बित

संयोग पनि कस्तो भने,कास्कीमा रहेको लिचीबारी जग्गा प्रकरणमा जोडिएर तत्कालीन मन्त्री थुनामा पठाइँदा सोही प्रकरणसँग जोडिएका उपसचिव सँगसँगै निलम्बित भएका छन्,सोही मुद्धा होइन कि अर्काे भ्रष्टाचार मुद्धा चलेर ।

बिज्ञापन

तिनै उपसचिवलाई लमजुङबाट पोखरा ल्याउने नाममा ५३ लाख घुस प्रकरणमा डामिएका तत्कालीन मन्त्रीलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिँदा अर्कै भ्रष्टाचार मुद्धा लागेर उनी आजै निलम्बनमा परेका हुन ।
घुस काण्ड लागेका एमाले नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश भएको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा आज भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

बिज्ञापन

गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहँदा कास्कीको बाटुलेचौरस्थित १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिची बगैँचा हत्याउने योजनाअनुरूप बिचौलियासँग ‘करोडौंको डिल’ गरेको अडियो सार्वजनिक भएको थियो । चर्को आलोचनापछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते गुप्तासहित तत्कालिन भूमिमन्त्री रञ्जिता श्रेष्ठ र अन्य सात जनाउपर मुद्दा चलाएको थियो । जसमा ७८ लाख रुपैयाँ बिगो र सोहीबमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी गरिएको छ ।

बिज्ञापन

तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रूपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रूपैयाँ घुस डिल गरेको अडियोसमेत रहेको अख्तियारको दाबी थियो । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।
संयोग कस्तो परेको छ भने,लिचिबारी जग्गा प्रकरणमा जोडिएका मन्त्रीलाई विशेष अदालतले थुनामा राख्न आदेश दिँदा सोही प्रकरणमा जोडिएका उपसचिवलाई अख्तियारले विशेषमा मुद्धा दायर गरेको छ,अर्काै प्रकरणमा ।

सुकुम्बासीको नाममा स्कुलको जग्गा हडप्ने राष्ट्रिय भूमि आयोग, कास्कीका तत्कालिन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित मालपोत कार्यालय पोखराका तत्कालिन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र भिमबहादुर विकविरुद्ध मुद्धा विशेषमा पुगेको छ ।

उनीहरूले आपसी मिलेमतोमा सुकुम्बासीको नाममा गैरसुकुम्बासी प्रतिवादी भीमबहादुरलाई पोखरा महानगरपालिका–२६, स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको तीन रोपनी तीन आना जग्गा दिइएको अख्तियारको दाबी छ ।

अख्तियारद्धारा विशेष अदालतमा दायर अभियोगपत्रमा एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।

मन्त्रीको घुस काण्डको अडियो लिक

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन उपनिर्देशक साधरण तारेखमा रिहा

लिचीबारी जग्गा प्रकरणमा जोडिएका मन्त्री थुनामा पुग्दा उपसचिव निलम्बित

पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

डिजिटल युगको लोकतन्त्रमा ऐतिहासिक दलहरू ‘सच्चिने कि सक्किने’ मोडमा : उपमहासचिव भण्डारी

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

बिशेष