महानिर्देशक हटाउँदै मन्त्रालय,सव इन्जिनियर निलम्बन गर्दै विभाग

खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई जना सब इन्जिनियरलाई सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ । विभागले लामो समयदेखि गैरहाजिरीमा रहेका दुई सव इन्जिनियरलाई सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको हो ।

बिज्ञापन

विभागका अनुसार,खानेपानी तथा ढल व्यवस्थापन विभाग (पुल) तर्फका सव इन्जिनियर दामोदर पुढासैनी र दिलिप छन्त्याल विगत तीन महिना भन्दा लामो समय देखि कार्यालयमा अनुपस्थित रहेका कारण उनीहरुलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया विभागले अगाडि बढाएको हो ।

बिज्ञापन

निजामती सेवा नियमावली अनुसार,९० दिनभन्दा लामो समय गैरहाजिरीमा रहेका कर्मचारीहरुलाई सेवाबाट हटाउन सकिने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार सव इन्जिनियरद्धय पुडासैनी र छन्त्यालसँग विभागले गत मंसिर १७ मा कार्यलयमा गैरहाजिरी हुनुको चित्तबुझ्दो कारण पेश गर्न सूचना प्रकाशन गरिएको भए पनि कुनै जबाफ नआएका कारण भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? भन्ने बिषयमा स्पष्टीकरण माग गरेको छ। एक महिनाभित्रमा चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सेवाबाट हटाउने चेतावनीसमेत विभागले दिएको छ।

यसैबीच खानेपानी मन्त्रालयले विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको छ । हाल विभागको महानिर्देशक छन्, कमलराज श्रेष्ठलाई हटाउन उनीसहितले चलखेल गरिरहेको आरोप लागेको छ । विभागमा पछिल्लो समय एक पछि अर्काे गोर्खाली सहसचिवहरुले नेतृत्व गरिरहेका छन् । काँग्रेस नेता प्रदीप पौडेल निकट मानिएका महानिर्देशक रमाकान्त दुवाडी ०७९ साउन ५ गतेदेखि विभागका महानिर्देशक थिए । सूर्यराज कँडेल अनिवार्य अवकाशमा गएसँगै विभागमा दवाडीलाई लगिएको थियो । झण्डै एक बर्ष अख्तियारमा बिताएका दुवाडी गोर्खा जिल्ला गण्डकी गाउँपालिका दुर्बुङका स्थानीयवासी हुन ।

बिज्ञापन

खानोपानी तथा ढल निकासमा पठाइएकोमा १३ महिनामा त्यहाँबाट सरुवा गरिएको थियो । दुवाडी सरुवामा परेसँगै अध्ययन बिदामा बसे ।अहिले उनी खानेपानी मन्त्रालयमा छन् । उनी पछिका दुई प्रमुखहरु समेत सोही जिल्ला,एकै भेगका हुन । दुवाडी पछि विभागको महानिर्देशकमा कमलराज श्रेष्ठलाई लगियो । श्रेष्ठ मेलम्ची विकास समितिका कार्यकारी निर्देशक थिए । उनलाई ०८० असोज ०१ गतेदेखि विभागको महानिर्देशकको कुर्सीमा लगिएको थियो । उनले सो विभागको २७ औं महानिर्देशकको जिम्मेवारी सम्हाले । त्यस अघि खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक,आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को आयोजना निर्देशकको जिम्मेवारी सम्हालेर अनुभव हासिल गरेका उनलाई अवधि नपुग्दै त्यहाँबाट हटाइएको थियो । कमललाई त्यहाँबाट हटाएर उनकै नातेदार रामकुमार श्रेष्ठलाई त्यहाँ खटाइएको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको केही दिनअघि तत्कालिन खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी विकास समितिमा कार्यकारी निर्देशक रहेका कमलराजलाई खानेपानी विभाग ल्याएका थिए । त्यसअघि सहसचिव रामकुमार श्रेष्ठ विभागको महानिर्देशक थिए । अहिले कमलराजलाई हटाएर उनै रामकुमारलाई विभागमा भित्र्याउन चलखेल भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष