पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृह सचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा गरेको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।

बिज्ञापन

जस अनुसार,तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई भ्रमण फुकुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । भदौ २३ २४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेकोमा  सोमबार बसेको आयोगको बैठकले तीनै जनाको स्थानहद खुला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष