जाँचबुझ आयोगले पूर्व गृह सचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा गरेको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।
बिज्ञापन
जस अनुसार,तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई भ्रमण फुकुवा गर्ने निर्णय गरेको छ ।
आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो ।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । भदौ २३ २४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेकोमा सोमबार बसेको आयोगको बैठकले तीनै जनाको स्थानहद खुला गरेको हो ।

























