१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,केन्द्रमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।मन्त्रालयले अख्तियारबाट दुई उपसचिव,लोकसेवा आयोगबाट २ उपसचिवलाई सरुवा गरेको छ भने अख्तियारमा दुई नयाँ उपसचिव पुगेका छन् । यस्तै यस अघि सामान्यको बरण्डामा रहेको तीन उपसचिवमध्ये दुईलाई रक्षा र एकलाई अर्थमा पठाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,अख्तियारबाट कपिल सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ भने राजश्व समूहका रमेश भट्टराई अख्तियार पुगेका छन् । जिसस मकवानपुरबाट कमला घिमिरे पनि अख्तियार पुगेकी छिन् । यस्तै,अख्तियारबाट कृष्ण कुमारी गौली सामान्यको बरण्डामा,लोकसेवा आयोगबाट विष्णु प्रसाद पौडेललाई जिसस मकवानपुर,लोकसेवा आयोगबाट सूर्यप्रसाद सापकोटा कामकाजमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पुगेका छन् ।
यस्तै,वन मन्त्रालयबाट नरेश शर्मा कृषि तथा पशुपक्षी मन्त्रालयमा पुगेका छन् भने सामान्यको अतिरिक्त समूहमा रहेका उपसचिवत्रय आत्माराम सत्याल र नवराज अधिकारीलाई रक्षा मन्त्रालय,शिवहरि पोखरेललाई अर्थ मन्त्रालय,गृहबाट विष्णुप्रसाद भुसाललाई शिक्षा मन्त्रालयमा लगिएको छ ।

बिज्ञापन

गृहबाट शेरबहादुर पुनलाई काजमा शहरी मन्त्रालयमा लगिएको छ भने पाठ्यक्रम विकास केन्द्रबाट विमला रोकालाई समस्याग्रस्त सहकारी,सार्वजनिक खरिदबाट डिल्लीराम बेल्वासेलाई सामान्य बरण्डामा र शिवप्रसाद रिजाललाई नेपाल ट्रष्टबाट जिसस तनहु पुर्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

बिशेष