शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले किटनाशक विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छिन् । आफूले दायर गरेको मुद्दामा अदालतले प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएसँगै उनले आत्महत्या प्रयास गरेकी हुन ।

बिज्ञापन

अदालतले प्रतिवादीलाई धरौटीमा छोड्ने आदेश गरेपछि उनले विष सेवन गरेकी हुन् ।

बिज्ञापन

अदालतका अनुसार कोलनिकामा कार्यरत एक जना शाखा अधिकृत प्रतिवादी रहेको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। । काठमाडौं जिल्ला अदालतको आदेश चित्त नबुझेर उनी उच्च अदालत पाटन पुगेकी थिएन । तर उच्च अदालतले पनि प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएसँगै उनले अदालत परिसरमा किटनासक बिष सेवन गरेकी थिइन । उच्चले समेत ती प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएसँगै उनले अदालतमै बिष सेवन गरेकी हुन ।

उच्च अदालतका कर्मचारीले उनलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले युवतीको उद्धार गरी उपचारका लागि पाटन अस्पतालमा भर्ना गराइएको थियो ।

बिज्ञापन

झण्डै ३० बर्षकी ती युवतीलाई प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएकोमा अहिले अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष