चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

नेपाल सरकारका शाखा अधिकृत भोलानाथ पोखरेलले एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेको जारी ११ औं महाधिवेशनमा १५२६ मत सहित निर्वाचित भएका हुन् । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष, पेशागत महासंघ,आधिकारिक कर्मचारी ट्रेड युनियनको नेतृत्व गरिसकेका पोखरेलसहित जनक चौधरी,पुण्य ढकाल,भोलानाथ पोखरेल,विदुर कार्की र विनोद श्रेष्ठहरु श्रमिक फाँटबाट चुनावी मैदानमा होमिएकामध्ये विनोद,जनक र भोला निर्वाचित भएका हुन ।

बिज्ञापन

जागिर अवधि ४ बर्ष बाँकी भए पनि पोखरेल राजीनामा दिएर केन्द्रीय सदस्यमा उम्मेदवार भएका थिए । रोहित पार्टी नाम भएका पोखरेलले संघीय मन्त्रालयमा राजीनामा बुझाएर निर्वाचनमा होमिएका थिए ।

बिज्ञापन

निर्वाचनको दुई दिन अगाडिमात्र राजीनामा दिएर निर्वाचनमा होमिएका पोखरेल एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन । निजामती सेवाबाट अवकाश पाउन अझैं चार वर्ष र उपसचिवमा बढुवा हुन एक वर्ष अवधि बाँकी रहेका बेला उनले सरकारी सेवाबाट राजीनामा दिएर श्रमिक खुला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामा उनी निर्वाचित भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष