नेपाल सरकारका शाखा अधिकृत भोलानाथ पोखरेलले एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेको जारी ११ औं महाधिवेशनमा १५२६ मत सहित निर्वाचित भएका हुन् । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष, पेशागत महासंघ,आधिकारिक कर्मचारी ट्रेड युनियनको नेतृत्व गरिसकेका पोखरेलसहित जनक चौधरी,पुण्य ढकाल,भोलानाथ पोखरेल,विदुर कार्की र विनोद श्रेष्ठहरु श्रमिक फाँटबाट चुनावी मैदानमा होमिएकामध्ये विनोद,जनक र भोला निर्वाचित भएका हुन ।
बिज्ञापन
जागिर अवधि ४ बर्ष बाँकी भए पनि पोखरेल राजीनामा दिएर केन्द्रीय सदस्यमा उम्मेदवार भएका थिए । रोहित पार्टी नाम भएका पोखरेलले संघीय मन्त्रालयमा राजीनामा बुझाएर निर्वाचनमा होमिएका थिए ।
निर्वाचनको दुई दिन अगाडिमात्र राजीनामा दिएर निर्वाचनमा होमिएका पोखरेल एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन । निजामती सेवाबाट अवकाश पाउन अझैं चार वर्ष र उपसचिवमा बढुवा हुन एक वर्ष अवधि बाँकी रहेका बेला उनले सरकारी सेवाबाट राजीनामा दिएर श्रमिक खुला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामा उनी निर्वाचित भएका हुन ।

























