सरकारी कर्मचारी एमालेको महाधिवेशन प्रतिनिधि

एक पछाडि अर्काे सरकारी सेवामा कार्यरत कर्मचारीहरू नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि बनेको भेटिएको छ । हिजोदेखि चलिरहेको नेकपा एमालेको ११औं महाधिवेशनमा वहालवाला सरकारी कर्मचारी प्रतिनिधि बनेको भेटिएको छ ।

बिज्ञापन

एमालेको १४ नम्बर फाँट मानिएको विशेष फाँटबाट प्रतिनिधि छनौंट गरिँदा पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको थियो । जसमा अवकाश प्राप्त अधिकृत तथा कर्मचारी संगठनका पूर्व अध्यक्ष लेखनाथ कोइराला,मोहनकुमार पराजुली,धर्मराज मैनाली,एस किरण,प्रयास साह,महिला कोटाबाट अणु धमला र प्रेरणा न्यौपाने,आशुतोष शर्माहरुको लिष्ट बाडिएको थियो । जसमध्ये लेखनाथ कोइरालाले ४४४ मत पाए भने वासुदेव शर्माले ३७४ मत ल्याए । ४१९ मत ल्याएर मोहन पराजुली विजयी भएका छन् । माओवादीबाट एमालेमा पसेका मधेसी मूलका प्रयास शाहले ४०९ मत पाउँदा ३७५ मत ल्याएर विजयी प्रेरणा न्यौपाने र ३६५ मत ल्याएर विजयी भएकी अणु धमला विजयी भएर महाधिवेशन प्रतिवेदन बनेका छन् ।
उच्च ओहदाका कर्मचारीहरुलाई ट्रेड युनियन अधिकारबाट बञ्चित गरिएको भए पनि महाधिवेशनमा ७ जना प्रतिनिधि चुनिएका थिए तीमध्ये राष्ट्रिय ट्रमा सेन्टरका दसौं तहका वरिष्ठ चिकित्सक डा सन्तोष पौडेल चयन भएका छन् । स्मरण रहोस पौडेल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष समेत हुन । उनी वीर अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।

बिज्ञापन

त्यस्तै बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अमृता बराल पनि महाधिवेशन प्रतिनिधि बनेकी छिन् । उनी नेकपा एमालेको सचेतक महेश बर्तौलाकी श्रीमती हुन् । यस्तै सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत अहेव भीमराज सिंह पनि प्रतिनिधि छनोटमा परेका छन् । स्वास्थ्य मन्त्रालयको रेकर्ड अनुसार सिंह स्वास्थ्य मन्त्रालयकै कर्मचारी हुन् तर हाल संसद् सचिवालयमा काजमा खटिएका छन् । यस्तै प्रतिनिधि बनेर अहिले काठमाडौं आएकी छिन्,कल्पना थापा ।

उनी नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी वरिष्ठ सहायक सिनियर मिटर रिडर रहेको खुलेको छ । महाधिवेशनको उदघाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो । विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ ।

बिज्ञापन

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२)मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्र राजनीतिक दलको सदस्य हुन पाउने उल्लेख छ । यस्का अलवा  निजामती सेवा ऐन २०४९ को दफा ४४ मा स्पष्ट लेखिएको छ– निजामती कर्मचारीले राजनीतिमा भाग लिन प्रतिवन्ध लगाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

काँग्रेसका निवर्तमान सांसदविरुद्ध गैरकानुनी आर्जनको मुद्धा,साढे तीन करोड बिगो

सिन्हाले सम्हाले पर्यटन मन्त्रालय

महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

पहिलेकै संरचनामा फर्कियो एमाले,नेताहरुको व्यवस्थापनमा ओलीलाई सहज

बिशेष