भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटी बुझाएर रिहा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई २५ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

बिज्ञापन

भिजिट भिसा र सम्पत्ति शुद्धीकरणको मुद्धामा प्रतिवादी बनाउँदै अख्तियारले बिहिबारमात्र उनीसहित सात जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा लगिएकोमा भोलिपल्टै विशेषले २५ लाख रुपैयाँ धरौटीमा माग गरेको थियो । भिजिट भिसामा विदेश पठाउने नाममा सेटिङ गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा उनीविरुद्ध दायर मुद्दाको थुनछेक बहपछि शुक्रबार विशेष अदालतले धरौटी माग्ने आदेश दिएको थियो ।

बिज्ञापन

अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा र उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो । भ्रष्टाचारमा ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर मुद्दा अदालत पुर्‍याएको थियो । त्यसको भोलिपल्टै शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
भट्टराईबाट रकम बरामद नभएको, पीडित भनिएका २५७ जनामध्ये कोही कसैको पनि उजुरी परेको अवस्था नदेखिएको उल्लेख छ। तर मिसिल संलग्न उजुरी, भट्टराईले प्रयोग गर्ने मोवाइलको फरेन्सिक परीक्षण प्रतिवेदन, डायरीका पानाहरूमा उल्लेखित यात्रुहरूको नामावलीसहितको विवरण, डायरीमा फेला परेको टिपोर्ट, वाट्सएप म्यासेजमा उल्लेखित विवरणलगायतलाई आधार मान्दै धरौटी माग गर्ने आदेश दिएको छ।

तर न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने पुर्पक्षमा पठाउनु पर्ने फरक राय दिएका थिए ।उनले भिजिट भिसामा एक लाख ५३ हजार ९७४ जना विदेश गएकोमा ४२ हजार ३५७ जना फिर्ता नआएको, प्रतिवादीबाट बरामद डायरी, मोबाइल तथा ल्यापटपमा टिपिएका २५७ जनाको नाम र उक्त विवरण प्रतिवादी भट्टराईले स्वीकार गरेको तथ्यलाई भट्टले थुनामै राख्नपर्ने आधारका रूपमा प्रस्तुत गरेका छन्।

बिज्ञापन

तर बहुमत न्यायाधीशको इजलासले दिएको आदेशबमोजिम भट्टराई तोकिएको धरौटीअनुसार बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । भिजिट भिसा प्रकरणमा भट्टराईलाई विमानस्थलबाट ७ जेठ २०८२मा पक्राउ गरी अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

रसुवामा ठेकेदारहरूको राजनीतिक सञ्जाल

यातायातको घुषको हिस्सा ट्राफिकलाई पनि

बिशेष