बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उल्टो बाटो हिडिरहेको टिप्पणी हुन थालेको छ ।
मन्त्रालयले गत बुधबार खरिदार र नासु तहका १७९ जना कर्मचारीहरुको सरुवा गरेसगै तीन महिनाका लागि ती तहका कर्मचारीहरुको सरुवा स्थगन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

मन्त्रालयले बुधबारको निर्णय अनुसार,१०८ नायब सुब्बा,२७ कम्युटर अपरेटर र २ सर्भेक्षक,१ जना मेकानिकल इञ्जिनियर गरी १३८ जना नायब सुव्बाहरुको सरुवा गरेको छ । यस्तै मन्त्रालयले ४१ जना खरिदारहरुको सरुवा गरेसँगै ती तहका कर्मचारीहरुको सरुवा स्थगन गर्नका लागि सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गरेको छ ।

बिज्ञापन

बढुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती बढेको भन्दै सोही विकृती रोक्नका लागि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । मन्त्रालयले २०८२ मंसिर २४ गते सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र जारी गर्दै लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार खुला र बढुवा प्रतिस्पर्धाका विज्ञापन प्रकाशनको समय नजिकिएकाले सरुवा प्रक्रियामा देखिएको अनियमितता रोक्न यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ। बढुवा सूचना प्रकाशित हुनुअघि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा रहेका कर्मचारी मर्कामा पर्ने भएकाले तत्काललाई नासु र खरिदारको सरुवा स्थगन गरेको जनाइएको छ ।

मन्त्रालयले केही कर्मचारीहरुलाई पहिला सुगमबाट दुर्गमतिर खटाएपछि सरुवा स्थगन गरेको भन्दै आपत्ति जनाएका छन् । सामान्यको कर्मचारी सरुवाको सूची हेर्दा जनकसिंह बोहरा राष्ट्रिय निकुञ्ज संरक्षण विभागबाट सूदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् । यस्तै सुरेश पन्थी संघीय मामिला तथा लुम्बिनी प्रदेशमा सरुवा भएका छन् । यस्तै अजिता भुसाल भण्डारी सामान्यबाट लुम्बिनी प्रदेशमै सरुवा गरिएको छ । चन्दा कुमारी साहलाई प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेश,महेश कुमार गौतमलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै,लक्ष्मी कुमारी विकलाई कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । यस्तै मन्त्रालयले यस अघि नै बढुवा प्रायोजनका लागि लामो समयदेखि उपत्यकाकाको आकर्षक कार्यालयमा बसेर रजाइ गरिरहेका केही खरिदारहरुलाई सोलुखुम्बु,,सिन्धुपाल्चोक,दोलखा,मुस्ताङ,मनाङ,गोरखा, रामेछाप,मुगु,रसुवा लगायतका जिल्लामा खटाइसकेको थियो । यसरी ती कर्मचारीहरुको स्वार्थ अनुसार बढुवा प्रायोजनका लागि दुर्गममा खटाइसकेको थियो । मन्त्रालयले यस अघि खेमराज राईलाई ओखलढुंगा,युवराज कटुवाल,युवराज मगर,विनोद कटुवाल लगायतका कर्मचारीहरुलाई सोलुखुम्बु,विनोद बास्तोलालाई दोलखा, रामप्रसाद जोशीलाई सिन्धुपालचोक,वामदेव क्षत्रीलाई रसुवा खटाएको छ । यस्तै टिकाराम पोखरेल गोरखा पुगेका छन् । यस अघि नै मन्त्रालयले ०६७ देखि २०७३ सालसम्मका खरिदारहरु कार्तिक र मंसिरमा सरुवा भएर दुर्गममा पुगेका थिए । ती कर्मचारीहरु बढुवा प्रायोजनकै लागिमात्र दुर्गममा खटाइएको थियो ।यसरी बढुवा प्रायोजनका लागि तरमारा खरिदार र सुब्बाहरुलाई दुर्गममा खटाइसके पछि मन्त्रालयले तीन महिनाका लागि बढुवा स्थगन भएको सूचना निकालेको छ ।

मन्त्रालयले गरेको परिपत्र अनुसार, नायब सुब्बा तहका कर्मचारीहरुको सरुवा ०८२ माघ मसान्तसम्म र खरिदार तहका कर्मचारीको सरुवा ०८२ फाल्गुण मसान्तसम्म स्थगित रहनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

‘घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ’

करोडौ राजश्व छलीमा मुछिए अग्रवाल,भन्सारले काट्यो पत्र

बिशेष