एकनारायणले ‘होल्ड’मा राखेका विवादास्पद् निर्णय धमाधम प्रमाणीकरण

तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले होल्डमा राखेका तीनमध्ये दुई विवादित निर्णय बहालवाला मुख्य सचिव सुमन अर्यालले प्रमाणीकरण गरेका छन् ।
यस अघिका मुख्य सचिव एकनारायण अर्यालले ट्याक्स हेभन कन्ट्री मोरिससको कम्पनीमार्फत नेपालमा लगानी ल्याएको ‘डोल्मा इम्प्याक्ट फण्ड’ लाई गैरकानुनी रूपमा आयकर छुट दिने सरकारको निर्णय मुख्य सचिवले रोकिदिएका थिए । गत कात्तिक १३ गते बसेको क्याबिनेट बैठकले नेपालका एक दर्जन बढी कम्पनीमा लगानी गरेको डोल्मालाई कर छुट दिने विवादास्पद निर्णय गरेको थियो । तर, मुख्यसचिव एकनारायण अर्यालले उक्त निर्णउय होल्डमा राखिदिएका थिए । महिना दिनसम्म होल्डमा रहेको उक्त निर्णय अस्ति सोमबार बसेको क्याविनेटले प्रमाणीकरण गरेको हो । अस्तिको मन्त्रिपरिषद्को बैठकले नेपाल र मोरिससबीचको ‘दोहोरो करमुक्ति सम्झौता (डीटीएए) खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

तर जनाकारहरु आयकर ऐन २०५८ अनुसार डोल्मालाई सो कर छुट दिन मिल्दैन । मौरिसस ‘ट्याक्स हेभेन कन्ट्री’ भएको र त्यहाँ दर्ता भएका कम्पनीहरूले कर तिर्न नपर्ने भएकाले डोल्माले अनिवार्य रूपमा नेपालमा नै पुँजीगत लाभकर तिर्नुपर्ने थियो तर अर्थ मन्त्री रामेश्वर खनाल र सरकारका अधिकारीहरूको राज्यकोषलाई घाटा पार्ने नियतका कारण राज्यकोषमा आउने अर्बाै राजश्व गुम्ने र एनसेलको लाभकर छलीजस्तै बदमासीपूर्ण निर्णय भएको भन्दै आन्तरिक राजश्वका तत्कालीन एक महानिर्देशकले सोमबारको क्याविनेटले गरेको निर्णयको विरोध गरेका छन् ।

बिज्ञापन

स्रोतका अनुसार डोल्माले विगतमा पनि कर छुटका लागि सरकार र राजनीतिक नेतृत्वसँग लबिङ गर्दै आएको थियो । तर, यसअघिका सरकारहरूले त्यस्तो आँट गरेका थिएनन् । जेनजीको नेतृत्वमा बनेको सरकारले यस्तो निर्णय गरेका हुन । मुख्यसचिवले प्रमाणित गरेपछि मात्र क्याबिनेटका निर्णय कार्यान्वयन हुने व्यवस्था छ । पुँजीगत लाभमा लाग्ने २५ प्रतिशत करमा डोल्मालाई उन्मुक्ति दिने र मोरिसससँग भएको सम्झौता खारेज गर्ने निर्णय भएको दुई सातापछि मात्र सरकारले त्यसो गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा कानुन र परराष्ट्र मन्त्रालयसँग राय मागेको थियो । विवादित निर्णय भएकै कारण अघिल्लो पटकका मुख्यसचिव अर्यालले होल्ड गरेको विवादित निर्णय अहिलेका मुख्यसचिव सुमनराज अर्यालले प्रमाणीकरण गरेर कार्यान्वयनको बाटो खुला गरिदिएका हुन ।

डोल्माले नेपालमा कर छुटको सुविधा पाउँदा दोहोरो सुविधा पाएको छ । डोल्माले नेपालको आयकर ऐनअनुसार पुँजीगत लाभकर नेपालमा नै बुझाउनुपर्नेमा सरकारले सो लाभकर छुट दिने निर्णय गरेसँगै राज्यकोषमा आउनुपर्ने सो रकम गुमेको हो ।

बिज्ञापन

उसो त यस अघि पनि मुख्यसचिव अर्यालले अर्काे विवादित व्यक्तिलाइृ निर्णय दिएका थिए । निवर्तमान मुख्य सचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरी होल्डमा राखेका निर्णयलाई उनी पछिका मुख्य सचिव सुमनराज अर्यालले प्रमाणीकरण गरिदिएसँगै उनको नियुक्तिको बाटो खुलेको थियो ।
एकनारायण अर्यालले अनिवार्य अवकाश पाउनु अघि लुम्बिनी विकास कोष र समाज कल्याण परिषद्मामा नियुक्त भएका सदस्य सचिवको नियुक्ति प्रमाणीकरण नगरी होल्डमा राखेका थिए एकनारायण अर्यालले । तिनैमध्ये विवादित ई दिपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्ति प्रमाणीकरण भइसकेको छ । श्रेष्ठले नियुक्ति पाइसकेका छन् ।
उता समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टको नियुक्तिको निर्णय भने होल्डमै छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको लाचारी : १४१ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बाढी–पहिरो, अवरुद्ध सडक र अत्यधिक दबाबबीच उठेको विभाग: जसले पुस्छ डा. जैसीको रात–दिनको पसिना

एकनारायणले ‘होल्ड’मा राखेका विवादास्पद् निर्णय धमाधम प्रमाणीकरण

धनकुटाको अर्खौले जितपुरमा २ दिने बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, १७ सेवा एकै ठाउँमा

समस्याग्रस्त सहकारीका पदाधिकारीहरु हटाउने तयारी,सोधियो स्पष्टीकरण

दोब्बर बढी मत ल्याएर दुईपटक विजयी आचार्य, रसुवामा काँग्रेसबाट एकल सिफारिस

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा, सापकोटा प्रधानमन्त्री कार्यालयमा,पौडेल पुगे कोशी प्रदेश

प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश

बिशेष