सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

कहिले सचिवहरुलाई जुम्रा मारेर बस्ने होइन,कुरा काटेर बस्ने होइन भन्दै थर्काएका छन । त कहिले सहसचिवदेखि कर्मचारी सरुवामा हिस्सा चाहियो भन्दै कराउन पुगेका छन् । हुँदा हुँदै मुख्यसचिवको कार्यकक्षमा पुगेर,मुख्यसचिव यस्तो पाराले हुन्छ ? भन्दै हाट्टहुट्ट पारेका छन् । यही समूहले कहिले मन्त्रीकै कार्यकक्षमा पुगेर कुस्ती खेल्दा कर्मचारीहरु हत्तु छन् । हालैको एक बैठकमा फेरि अर्काे आन्दोलन हुन्छ भन्दै धम्की दिएपछि एक जना सचिव बैठक बीचमै छाडेर हिडेका छन् ।

बिज्ञापन

     अचेल सिंहदरबारका हरेकजसो मन्त्रालयका सेवाग्राही कम, जेनजी समूहका प्रतिनिधिहरु बढी देखिन थालेको छन् । गत सातामात्र प्रधानमन्त्रीको निजी सचिवको बिषयलाई लिएर बिहानै ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै कुराइएको र साँझसम्म भेट्न नपाएका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीदेखि सचिवालयका कर्मचारीहरुमाथि खनिने र झम्टिने क्रम जारी रह्यो । सो टोलीमा मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाहीहरु त्यहाँ पुगेका थिए । त्यही टोलीमा थिए जितेन्द्रप्रताप साह । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने, उहाँले पारिवारिक सदस्यलाई गरेको नियुक्ति खारेज गर्नुपर्ने र महान्यायाधिवक्ता सबिता भण्डारीलाई पनि पदबाट हटाएर छानबिन गरी कारबाही गर्नुपर्ने मुख्य माग लिएर हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन पुगेका थिए ।सोही दिन जेनजीको समूहबीच उनीहरुको मुक्कामुक्कीमात्र चलेन, हानाहान भएको र झगडा मिलाउन सिंहदरबार परिसर हेर्ने डिएसपीलाई गुहार्नु परेको थियो । तर सिंहदरबार प्रहरीका डिएसपी भने ‘साधरण भनाभन मात्र भएको, कुटाकुट नभएको भन्दै’ घटनाको सामान्यीकरण गरेका छन् ।

बिज्ञापन

हालै मात्र निवृत्त भएका मुख्य सचिव एकनारायण अर्यालसँग गुरुङ समूहका ओजस्वी थापा, अनिल बानियाँ र भावना राउतले कर्मचारी सरुवाको विषय उठाएका थिए । यही टोलीले फेरि सहसचिवको सरुवाको लागि सूची नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको बिषय सिंहदरबारभित्र हट केक बन्न थालेको छ ।

यस्तै गत ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर दिनभर जसो जेनजीको समूहले होहल्ला चल्यो । युवा तथा खेलकुद मन्त्रालयमा हात हालहालै भयो,जेनजी समूहबीच । १० गते दिँउसो उर्जा मन्त्रालयमा जेनजीहरुले उस्तै अराजकता देखाइरहेका छन् । यस्तै गत साता गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा जेन–जीहरुले धर्ना दिइरहेका थिए । हरेक मन्त्री,सचिव,सचिवको कार्यकक्षमा अचेल सेवाग्राहीभन्दा जेनजीका समूहहरु देख्न पाइन्छ,सिंहदरबारतिर ।

बिज्ञापन

यता प्रधानमन्त्री कार्यालयमा चलेको एक बैठकमा जेनजी समूहको टोलीबीच चर्कोचर्की परेपछि एक सचिव बैठकै छाडेर हिडेको बिषय बाहिरिएको छ । जेनजी समूहसँगथ चलेको बैठकमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले भाद्र २३ र २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको नजरबाट हेरिनुपर्ने र दोषीलाई नरसंहारका रूपमा कार्वाही हुनुपर्ने माग जेनजी समूहको थियो । तर, अन्तर्राष्ट्रिय कानुन, जेनेभा कन्भेन्सन र विश्वव्यापी अभ्यासले त्यसो गर्न नमिल्ने अडानपछि चर्काचर्की मात्र परेन, उनी बैठक छोडेर बीचमै बाहिरिएका थिए ।

उक्त बैठकमा छलफल चलिरहँदा सचिव गौतमले ‘जस्तोसुकै अपराध गरे पनि कारवाही नगर्ने हो ? भनेपछि जेनजीहरूले ‘तपाईं यस्ता कुरा नगर्नुस्, अब अर्को आन्दोलन हुन्छ’ भनेर धम्कीपूर्ण चेतावनी दिएका थिए । सोमालिया, सुडान, हाइटीजस्ता गृहयुद्धले थलिएका देशको उदाहरण दिँदै उनले ‘नेपाललाई पनि त्यस्तै बनाउने चाहना छ भने गर्नुस्’ भनेपछि अवस्था तनावपूर्ण बनेको र बैठक छोडेर हिँडेका थिए । कानुन सेवाबाट सचिव बनेका गौतम हिजैदेखि अनिवार्य अवकाशमा गएका छन् ।

उसो त केही अघि उनै सुदन गुरुङ्गले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ‘जुम्रा मारेर र कुरा काटेर नबस्न’ निर्देशन दिए त्यो पनि शीतलनिवासमा । शपथ ग्रहण सकेर निस्किने क्रममा महिला सचिवको अगाडि उभिएर ‘अब काम गर्ने, जुम्रा मारेर र कुरा काटेर बस्ने होइन भन्दै फर्किएको धेरै भएको छैन ।
यस्तै जेनजी आन्दोलनको नाममा भदौ २३ र २४ गते भएको हिंसात्मक घटनालाई संक्रमणकालीन न्याय (टिआरसी) को नजरबाट हेरिनुपर्ने र दोषीलाई नरसंहारका रूपमा कारवाही गर्नुपर्ने अडान लिँदै वार्तामा बसेका जेनजी प्रतिनिधिहरूले फेरि प्रधानमन्त्री कार्यालयमा हाट्टहुट्टु गरेको खबर छ ।

स्रोतका अनुसार छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव सुमन शर्मा अर्याल, प्रधानमन्त्री कार्यालयमा मानव अधिकार र प्रशासन हेर्ने सहसचिवहरू सहभागी थिए । तर,त्यसअघि सुधन गुरुङ समूहका केही जेनजीले मुख्यसचिवको कार्यकक्षमा पुगेर मुख्यसचिव खै,यस्तो तालले हुन्छ भन्दै ठुल्ठुलो स्वरले हप्कीदप्की गरेको बताइएको छ ।

यस्तै शुक्रवारमात्र जेनजी प्रतिनिधिहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेट गरेकाछन् ,जनवरी २०२५ मा जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ। उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् ।

सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष निस्कन नसकेको उनीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

पृथ्वी हाम्रो,  माया हो

बिशेष