भन्सार एजेन्टको तस्करी धन्दा,परे राजस्व अनुसन्धानको फन्दामा

भन्सार एजेन्ट नै तस्करीमा संलग्न भएको तथ्य बाहिर आएको छ । भन्सार जाँचपासको जिम्मेवारी पाएका केही एजेन्टहरूले सक्रिय रहेको भेटिएको छ ।

बिज्ञापन

भन्सारबाटै तस्करी गरेको आरोपमा समातिएका मोरङको विराटनगर भन्सारका एजेन्ट प्रतिनिधि कुन्दन मण्डलमाथि प्रहरी अनुसन्धान प्रक्रिया चलिरहेको छ । उनले भन्सार जाँच पास गरेका सामानमा जाँचपास नभएका सामान मिसाएर उद्योगी र व्यापारीका गोदाममा पुर्‍याउने गरेको भेटिएसँगै ईलाका प्रहरी कार्यालय, रानीले अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

भन्सार एजेन्ट सौगात पोखरेलका प्रतिनिधिका रुपमा उनकै लाइसेन्स प्रयोग गरेर खटिएका मण्डलले भारतबाट आयात भएका लताकपडासहित विभिन्न २३ प्रकारका सामानको भन्सार जाँचपास गर्ने क्रममा आधा मात्र गरेर आधा राजस्व छली गरेर व्यापारीको गोदाममा लैजाने प्रयास गर्दा भन्सारले फन्दामा परेका हुन । जाँचपास प्रक्रिया छलेर सामान तस्करी गरी ढुवानीमार्फत पठाउने गरेको सूचनापछि राजस्व अनुसन्धान विभाग, इटहरीको टोलीले ढुवानीमा छापा मारेर व्यापारीको गोदामा लगिदै गरेको ३४ पोका महँगा कपडा बरामद गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

यसरी प्रक्रिया छलेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी कपडा हाली तस्करी गरेको खुलेपछि विराटनगरका भन्सार अधिकृत उमेश श्रेष्ठको निर्देशनबमोजिम मण्डल समातिएका हुन । राजस्वको टोलीले ढुवानी सेवाबाट प्रज्ञानपत्रमा उल्लेख भएभन्दा फरक र धेरै मालवस्तु बरामद गरेपछि भन्सार परिसरबाट पहिलेदेखि तस्करी हुने गरेको र यसमा कर्मचारीहरुको समेत मिलेमतो रहेको आशंकासमेत बलियो बनेको छ ।
एजेन्ट मण्डलले व्यापारी पोखरेलको ७४५ नम्बरको लाइसन्स प्रयोग गरेर भन्सारबाट सामान छुटाउँदै आएका थिए । भन्सारले एजेन्ट लाइसन्स नम्बर ७४५ लाई निलम्बन गरेको जनाइएको छ । यसमा भन्सारका कर्मचारीहरुको पनि मिलेमतो रहँदै आएको र त्योबिना निरन्तर तस्करी सम्भव नहुने स्रोत बताउँछ । यस्तै, राजस्वको टोलीले एजेन्ट प्रतिनिधि मण्डलले पठाएको कपडा फर्जीका आधारमा ढुवानी गर्ने गरेको भन्दै ढुवानीका सञ्चालक धिरज मण्डललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

बिज्ञापन

एजेन्ट प्रतिनिधि कुन्दनका आफन्तहरु बद्रीनारायण मण्डल र धिरज मण्डलसमेत साझेदार रहेको उक्त ढुवानी सेवाबाट कोशी प्रदेशका विभिन्न शहर दुहबी, इटहरी, धरान, विराट चोक, लेटाङ, उर्लाबारी, पथरी, दमक, इनरुवा, झुम्का, भण्टाबारीसम्म मालवस्तु ढुवानी गर्न पाउने इजाजत छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाली सेनामा खुल्यो ३६ सय जनालाई जागिर

तीन उपसचिव, १० शाखा अधिकृत र १५ नासु-खरिदारसहित २७ कर्मचारीको सरुवा

भन्सार एजेन्टको तस्करी धन्दा,परे राजस्व अनुसन्धानको फन्दामा

नागार्जुन नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात नियन्त्रणमा

दुई सिडियो बीच बाटो बाटै सरुवा

भारतका वाणिज्य मन्त्रीसँग नेपाली उद्योगमन्त्रीको भेट, पारवहन सन्धिमा संशोधित प्रोटोकल आदान–प्रदान

शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

विचौलियाको स्वार्थ अनुकुल कलम नचोप्दा लखेटिएका बराल दुई बर्षपछि अर्थमा भित्रिए

बिशेष