काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ। अन्य स्थानीय तहमा धमाधम करार सेवाका कर्मचारी कटौती हुँदा काठमाडौं महानगरले ४४ कर्मचारी जना करार सेवाका कर्मचारी माग गरेको हो ।
बिज्ञापन
बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।
महानगरले नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सूचना अनुसार,२३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
बिज्ञापन
यो सूचनाको विस्तृत विवरण काठमाडौ महानगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ।


























