यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सरुवा बढूवा नियुक्ति,अस्थायी दरबन्दी थप लगायतका १३ निर्णय गरेको छ । बैठकले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै नेपाली सेनाको दश जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम,तराई मधेश सम्बृद्धि कार्यक्रमका लागि अधिकृतस्तरका दश जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने,सूचना तथा सञ्चार मन्त्रालय अन्र्तगतको विज्ञापन वोर्डका लागि ८ जनाको दरबन्दी स्वीकृत गर्ने,अर्थ मन्त्रालयको ३३३ दरबन्दी कटौती गर्ने,स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष