प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

बागमती प्रदेश सरकारले १४ जना उपसचिवहरुको सरुवा गरेको छ । प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेका हुन् ।

बिज्ञापन

प्रदेशले वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको हो । सरुवा सूचीअनुसार डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौँडामा पुगेका छन् भने डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौँडामा खटाइएको छ । यस्तै, डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवनमा पुर्याइएको छ भने विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)मा ल्याइएको छ । यस्तै डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत रोशना पोखरेललाई डिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालय दोलखामा कार्यरत कृष्णराज न्यौपानेलाई डिभिजन वन कार्यालय मरिण सिन्धुली, प्रदीपनाथ शर्मालाई डिभिजन वन कार्यालय नुवाकोट, श्रद्धा सिग्देललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)बाट डिभिजन वन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ ।

बिज्ञापन

यस्का अलवा अनिल रेग्मीलाई मन्त्रालयबाट डिभिजन वन कार्यालय दोलखा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका मोहन के।सीला, गोदावरी (ललितपुर)बाट मन्त्रालयमा सरुवा गरिएको छ । सरुवाको सूची अनुसार, भू तथा जलाधार व्यवस्थापन कार्यालय धादिङमा कार्यरत प्रदीप नारायण श्रेष्ठलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक, भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा कार्यारत सञ्जीव सुवेदीलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुर र भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखामा कार्यरत महेश पौडेललाई भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा सरुवा गरिएको छ । यस्तै मुख्यमन्त्री कार्यालयमा अतिरिक्त समूहमा रहेकी डिभिजन वन अधिकृत विमला लम्साललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीमा खटाइएको वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

बिशेष