आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

आजदेखि सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुनेछन् । यस अघि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्दै आएका सरकारी कार्यालयहरु तीन महिनासम्म अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

बिज्ञापन

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने भएका हुन । सरकारले राजपत्रमा सूचना नै प्रकाशन गरेर कार्यालय समय तोक्दै आएको छ । जस अनुसार आज कात्तिक १६ गतेदेखि कार्यालय समय एक घण्टा घट्न लागेको हो ।

बिज्ञापन

यस अघि वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था रहेको छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

यस्तै, शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नै रहने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

पालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी

आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

भूमि व्यवस्थापन विभागमा ठूलो संख्यामा सरुवाको तयारी, लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

बिशेष