७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सात जना उपसचिव र पाँच शाखा अधिकृतहरुको सरुवा गरेको छ । स्थानीय तहमा कार्यरत रहेका ११ जना र १ लाई संघीय मन्त्रालयबाट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेपारी दिएर मन्त्रालयले सरुवा गरेको हो । यसरी सरुवा गर्दा ९ जनालाई स्थानीय तहबाट संघीय मन्त्रालयमा ल्याइएको छ भने २ उपसचिवलाई एउटा पालिकाबाट अर्काे पालिकामा पठाइएको छ । यस्तै १ अधिकृत संघीय मन्त्रालयबाट स्थानीय तहमा पठाइएको छ ।

बिज्ञापन

 सरुवा भएका उपसचिवहरुमा पाँच जनालाई जिल्ला समन्वय समितिबाट मन्त्रालयमा ल्याइएको छ भने दुईलाई अन्तरपालिका सरुवा गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले उपलव्ध गराएको सरुवा सूची अनुसार,दुर्गा कुमारी दाहाललाई जिसस सप्तरीबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,जिसस रोल्पाबाट अञ्जु पोखरेललाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ । यस्तै,जिसस सोलुखुम्बुबाट सपना भट्टराई अधिकारीलाई सञ्चार मन्त्रालय,जिसस गोरखाबाट रस्मिता सिंखडालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय,जिसस सिरहाबाट सम्झना लामिछानेलाई सञ्चारमा ल्याइँदा वरहथवा नगरपालिका सर्लाहीबाट ऋृद्धि प्रसाद सिटौलालाई भीमेश्वर नगरपालिका दोलखामा सारिएको छ भने दमक नगरपालिका झापाबाट गणेशराज कार्की सुन्दरहरैचा नगरपालिका मोरङमा पुगेका छन् ।

यसैबीच मन्त्रालयले शुक्रवारकै मितिमा पाँच जना शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा हुनेहरुमा भूमि व्यवस्था मन्त्रालयबाट बस बहादुर रानालाई गेरुवा गाउँपालिका,बाँकेको प्रमुख प्रशासकीय अधिकृत,गेरुवाबाट नरबहादुर चन्दलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । यस्तै,सम्सी गाउँपालिका महोत्तरीका इञ्जिनियर मनोज कुमार साहलाई सहरी मन्त्रालयमा ल्याइएको छ भने डाक्नेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत विजय कुमार मण्डल शिक्षा मन्त्रालयमा आएका छन् यस्तै,खाँडादेवी गाउँपालिकाबाट शिरिष उपाध्याय सञ्चारमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष