स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

संघीय मामिला तथा सामान्य प्रशासनले स्थानीय तहमा खटाएका शाखा अधिकृत र उपसचिवहरु दुई महिना समय पूरा हुँदा समेत खटाइएका स्थानीय तहमा गएका छैनन् । निजामती सेवा नियमावलीले कर्मचारीलाई सरुवा गरिएको २१ दिनभित्र सम्बन्धित कार्यालयबाट रमाना लिई खटाइएका कार्यालयमा हाजिर हुन जानुपर्ने व्यवस्था गरेको भए पनि विभागीइ मन्त्रालयको लाचारीपनाका कारण कर्मचारीहरु स्थानीय तहमा गएका छैनन् । गत भदौं १३ मा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशैभरका स्थानीय तह निमित्तको राज अन्त्य गरिएको दावी गरिएको थियो ।

बिज्ञापन

तत्कालीन मन्त्री न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको दावी गरिएको थियो । यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकामा ती स्थानीय तहमा उपसचिव र शाखा अधिकृतहरुलाई खटाइएको थियो । मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो। यस क्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर ती कर्मचारीहरुलाई स्थानीय तहमा खटाएको थियो ।

बिज्ञापन

मन्त्रीबाट हट्नु केही अघिमात्र न्यौपानेले १०५ नगरपालिका उपसचिव र ८६ गाउँपालिकामा शाखा अधिकृत स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा सरुवा गरिएको थियो । जसमा ७० प्रतिशत कर्मचारी दुई महिना पूरा हुँदा सम्म ती स्थानीय तहमा हाजिर भएका छैनन् । यसरी स्थानीय तहमा खटाइएकामध्ये केहीले हाजिरै गर्न दिइएन भन्दै फिर्ता भएका छन् भने केही अटेरी गरेर मन्त्रालयमै बसिरहेका छन् । सामान्यको कर्मचरी प्रशासन,स्थानीय कर्मचारी प्रशासन शाखा हेर्ने कर्मचारीहरुको कमजोरीका कारण यस अघि खटाइएकामध्ये ७० प्रतिशत कर्मचारीहरु धमाधम सरुवा उल्टाउन केन्द्रित छन् । कागजी रुपमा सरुवा भए पनि कर्मचारी सरुवा भएको ठाउँबाट नगएको र सरुवा भएको ठाउँमा हाजिर नभइसकेको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव पावर्ती शर्मा नै स्वीकार गर्दछिन् ।

यसरी खटाएका ठाउँमा प्रमुख प्रशासकीयहरु हाजिर हुन नगएपछि मन्त्रालयले भदौ ३१ र असोज २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारीलाई रमाना दिन सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।

बिज्ञापन

तर सरुवा भएकामध्ये केही उपसचिव र शाखा अधिकृतहरु मत्रीको सचिवालयतिर फड्को हान्ने प्रवन्ध मिलाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,१२२ उपसचिव र ९७ शाखा अधिकृत गरी एकै लटमा खटाइएका कर्मचारीमध्ये अहिलेसम्म ९६ जना कर्मचारीमात्र स्थानीय तहमा हाजिर हुन पुगेका छन् भने १७९ जना कर्मचारी स्थानीय तहमा पुगेका छैनन् । यस्तै खटाइएकामध्ये २१ जना स्थानीय तहले हाजिर गर्न नदिएको भन्दै मन्त्रालयमा फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

बिशेष