संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ उपसचिव र ९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले बुधबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार एक उपसचिवलाई कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवनबाट वन मन्त्रालयमा सरुवा गरिएको छ भने ९ अधिकृतहरुलाई विभिन्न मन्त्रालय र कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ ।९ जना अधिकृतहरु निर्वाचन आयोग पुग्दा गृह मन्त्रालयबाटै ५ जना रहेका छन् ।
बिज्ञापन
जस अनुसार,उपसचिव बिष्णहरि देवकोटा वन मन्त्रालयमा लगिएको छ भने निर्वाचन आयोगमा पुगेका ९ शाखा अधिकृतहरुमा संष्कृति मन्त्रालयबाट माधव कुमार अधिकारी,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कोशी प्रदेशबाट डिकेन्द्र प्रसाद सुवेदी,गृहबाट लोकेन्द्र बहादुर ज्ञवाली,राजन श्रीवास्तव,पदम बहादुर डाँगी,दिलकृष्ण श्रेष्ठ र सुरेश घिमिरे रहेका छन् ।
यस्तै, थारु आयोगबाट रामदिन चौधरी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशबाट विश्वमंगल श्रेष्ठ रहेका छन् ।


























