मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक जव्वर सुव्वा जो १३ बर्षदेखि सोही मन्त्रालयमा जरा गाडेर बसेका छन् ।  शक्ति र सत्ताको दुरुपयोग गर्ने एक त्यस्ता जव्वर सुव्वालाई जेनजीको विद्रोहको बलमा बनेका अन्तरिम सरकारका मन्त्रीहरुले चलाउन सक्लान ? अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै कर्मचारी वृत्तमा यो आवाज पेचिलो गरी उठ्न थालेको छ ।

बिज्ञापन

एमाले निकट कर्मचारी संगठनको बलमा १३ बर्षदेखि मन्त्रालयमा जरा गाडेर बसेका सुव्वा हुन रामचन्द्र अधिकारी (आरसी) । यो १३ बर्षको अवधिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दर्जनौं मन्त्री र सचिवहरु परिवर्तन भइसके तर मन्त्रालयका ती रैथाने सुव्वालाई त्यहाँबाट सरुवा गर्न सक्ने ल्याकत भएको एउटै शासक र प्रशासक भेटिएका छैनन् ।

बिज्ञापन

कर्मचारी सरुवामा चलखेल गर्दै आएका सुव्वा हुन आरसी । यस अघि एमाले होस वा माओवादी काँग्रेस जुन कुनै दलका मन्त्री आउँदा उनीहरुका दाहिने हात बनेर कर्मचारी सरुवामा खेल्दै आएका उनी त्यहाँका रैथाने हुन । हाल मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा कार्यरत छन् । आन्तरिक प्रशासन शाखा मन्त्रालयको खरिद विक्रीसँग जोडिने शाखा हो । सोही शाखामा बसेर कानुन अनुसार आफूले नपाउने सुविधा लिँदै आएका कर्मचारी हुन उनी ।

सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका अनुसार,सहसचिव र सचिव तहका कर्मचारीलाई मात्र चार पांग्रे सवारी साधन उपलव्ध गराउने व्यवस्था छ । तर सुव्वा तहका कर्मचारी आरसी मन्त्रालयको आन्तरिक शाखामा बसेर चार पांग्रे सवारी साधनको चरम दुरुपयोग गर्दै आएका थिए । उनले यस अघि ५३१२ नम्बरको चार पांग्रे सवारी साधन चढ्दै आएका थिए । सो सवारी यस अघि वालानन्द पौडेलहरुले चढिरहेका थिए । उनी पछि सो चार पांग्रे सवारी आठ बर्षसम्म आरसीले चढेका थिए । यस्तै मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले चढिरहेको ६८०४ नम्बरको सवारी साधन खोसेर उनी आफैैले चढ्दै आएका थिए । उक्त सवारी साधन जेनजीको विद्रोहको क्रममा नेपाल निजामती कर्मचारी संगठनको भवन अगाडि पार्किङ गराइएको ठाउँमा आगलागी हुँदा ध्वस्त हुन पुगेको छ ।

बिज्ञापन

गत २४ भदौंमा कर्मचारीहरुकै एउटा समूहले यो बिषयमा सचिव रविलाल पन्थलाई ध्यानाकर्षण गराइसकेको भए पनि सचिव समेत सुव्वाको अगाडि निरिह बन्न पुगेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । निजामती सेवा ऐनले एउटा कर्मचारी दुई/ दुई बर्षमा सरुवा हुनुपर्दछ भन्दछ,। कतिपय सह सचिवहरु ४ महिनामै भकुण्डो बनाइन्छन् । उपसचिवहरु समय नपुग्दै सरुवामा पर्दछन्,सुव्वा,खरिदार तहका कर्मचारीहरु समेत कतिपय दुई बर्ष एउटै कार्यालयमा टिक्न पाउँदैनन् तर शक्ति,सत्ता र दल निकट कर्मचारीका नेता भएकै कारण यी सुव्वा एक दशक बढी सामान्यमा रजगज गरिरहेका छन् । एकातिर सवारी साधनको चरम दुरुपयोग,अर्काेतिर निजामती ऐनको व्यवस्था विपरित एउटै कार्यालयमा एक दशकभन्दा बढी समयसम्म कार्यरत यस्ता जव्वर सुव्वालाई एक दशकभन्दा बढी एउटै मन्त्रालयमा जिम्मेवारी दिएर राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन ? यो अख्तियारको दुरुपयोग हो कि होइन ? प्रश्न उठ्नु स्वभाविक हो ।

उसो त आरसीको बदमासी अहिले मात्र होइन उनी यस अघि गाविस सचिवको भूमिकामा हुँदा एउटा सरकारी जग्गामा बदमासी गरेको बिषय समेत एमाले निकट कर्मचारी संगठनकै नेताहरुले बेला बेलामा उठाउने गरेका छन् ।

यस्का अलवा हाल उपसचिवको जिम्मेवारीमा रहेका एक पूर्व कर्मचारी नेता समेत  सरकारी जागिर खाए यताका २७ बर्ष सिंहदरबार छाडेर बाहिर गएका छैनन् ।  यस्ता जब्बर कर्मचारीहरुलाई चलाउने हिम्मत गर्लान त मन्त्री रामेश्वर खनालले ? प्रश्न उठ्न थालेको छ ।

कर्मचारी प्रशासन अनेकन कारणले बदनाम छ । तीमध्ये एक हो,कर्मचारी ट्रेड युनियनका नेताहरु । यस्तै एक सुव्वा,जो १३ बर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जरा गाडेर बसेका छन्,नियम तथा निर्देशिका विपरित चार पाँग्रे सरकारी सवारी साधन चढेर रवाफ देखाउँदै आएका छन्,यसरी मापदण्ड अनुसार नपाउने सेवा सुविधा उपयोग गर्दै आएका उनी चढ्दै आएको लाखौं मूल्य पर्ने सवारी साधन आगजनी भएको छ । यस्को जिम्मेवारी कस्ले लिन्छ ? क्षतिपूर्ति कस्ले तिर्दछ ?  मन्त्रालयका एक उपसचिव भन्छन्,यस्ता जव्वर सुव्वाहरुलाई सरुवा गर्ने हो भने मात्र पनि कर्मचारी सरुवामा देखिएको विकृती धेरै सुधार आउँछ । उनीजस्तै सुव्वाहरुकै सक्रियताका कारण यस अघि स्थानीय तहमा खटाइएका उपसचिव,शाखा अधिकृतहरुको सरुवा उल्टाउने खेलो भइरहेको ती उपसचिवको भनाई छ ।

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘जेनजी’ प्रदर्शनपछि सेनाको फौज क्रमशः फिर्ता, २१ स्थानमा अझै तैनाथ

तस्करहरूलाई रातारात भगाउने एसपी भण्डारी : झापाको सीमामा सशस्त्र प्रहरीको कडा घेरा

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

बिशेष