जेनजीका नाममा कार्यालय प्रमुखहरु धम्काउँदै हिड्ने् शाही पक्राउ

जेनजीका नाममा विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन बहादुर शाही पक्राउ परेका छन् ।

बिज्ञापन

आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा पुगेर कर्मचारीहरुलाई धम्काउने काममा सक्रिय रहेका शाहीलाई केही समय अगाडि प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउँदै आएका थिए ।

बिज्ञापन

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ।उनीविरुद्ध ठगी र बैंकिङ कसुरको मुद्धा रहेको भेटिएको छ । पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो ।

शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुयाँललाई दिएको चेक साटिएन । चेक नसाटिएपछि फुँयालले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । महाराजगञ्ज प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए । शाहीविरुद्ध प्रहरी वृत्त बौद्धले समेत बैंकिङ कसुर मुद्दा चलाएको थियो ।

बिज्ञापन

यस्तै शाही विरुद्धको ठगी र बैंकिङ कसुरका ३ वटा मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष