मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

एकनारायण अर्यालले आफू मुख्यसचिव भएसँगै छोरी डा अस्मिता अर्याललाई नेपाल वायुसेवा निगममा कर्पोरेसन डाक्टरमा नियुक्ति दिलाएको बिषयमा नेपाल वायू सेवा निगमले मुख खोलेको छ ।

बिज्ञापन

मुख्यसचिव अर्यालले दबाब र प्रभावमा नै छोरी डा अस्मिता अर्याललाई ०८१ भदौमा वायुसेवा निगममा कर्पोरेसन डाक्टर पदमा नियुक्ति गरिएको बिषय बाहिरिएको थियो । अर्याललाई ०८४ असारसम्म कार्य गर्ने गरी ठाडो नियुक्ति दिएको बिषय बाहिरिएको बेला नेपाल वायुसेवा निगमले डा अर्याललाई कसैको दबाब र प्रभावमा नियुक्त नगरिएको प्रष्टीकरण दिएको छ ।

बिज्ञापन

वायुसेवा निगमले उनलाई अन्य डाक्टरसरह मासिक दश हजार रुपैयाँ तलबमा पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा नियुक्ति दिएको निगमको भनाइ छ ।

डाक्टर अस्मिता अर्याललाई कसैको दबाब र प्रभावमा नभई सामान्य रुपमा अन्य डाक्टरहरुसरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिइएको र निगमको उल्लेखित शर्तबमोजिम नै प्रतिमहिना १० हजार मात्र तलबबापत प्रदान गर्ने गरिएको जनाइएको छ ।

बिज्ञापन

नेपाल वायुसेवा निगमले सन् १९७० को दशकदेखि नै आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यसका लागि निगमले क्लिनिक सञ्चालन गर्दै आएको र त्यहाँ विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूलाई आवश्यकता अनुसार सेवा प्रदान गर्न अस्थायी रूपमा नियुक्त गर्दै आएको स्पष्ट पारेको छ। निगमका अनुसार, हाल क्लिनिकमा विभिन्न विषयगत क्षेत्रका नौ जना चिकित्सकहरूले हप्तामा तीन दिनसम्म सेवा प्रदान गर्दै आएका छन्। ती चिकित्सकहरूलाई संस्थाको दररेटअनुसार महिनाको अधिकतम रु। १० हजार मात्र पारिश्रमिक दिइने व्यवस्था रहेको निगमले जनाएको छ।

निगमले स्थापनाकालदेखि नै कर्मचारी कल्याणकारी परियोजनाअन्तर्गत आफ्ना कर्मचारी, तिनका परिवार तथा पाइलट, इन्जिनियर र क्याबिन क्रूलगायत प्राविधिक जनशक्तिको अनिवार्य नियमित स्वास्थ्य परीक्षणका निम्ति क्लिनिक सञ्चालन गर्दै आएको छ ।

सो क्लिनिकमा निगमद्धारा नियुक्त गरिएका नौ जना डाक्टरले हप्तामा तीन दिन आ आफ्नो पालोमा कर्मचारीलाई निःशुल्क परामर्श सेवा दिने र त्यसबापत निगमले उनीहरुलाई मासिक दश हजार रुपैयाँ उपलब्ध गराउने गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

सीमित व्यवसायी पोस्ने गरी मापदण्डमै छेडखानी,समितिको प्रतिवेदन विपरित सचिवको पत्राचार

जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

युद्धको नमस्कार (व्यङ्ग्यकविता)

बिशेष