सरकारी कार्यालयको अनुगमन गर्ने देखि कार्यालय सुधारका लागि ज्ञापनपत्र बोकेर कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अगुवा नै वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको पाइएको छ । जेनजी युवाहरूको नामबाट विभिन्न सरकारी कार्यालयमा गएर धम्की दिने समूहको नेतृत्व गर्दै आएका अर्जुन शाही ठकुरी आफैँ ठगी आरोपी भएको पाइएको हो ।
बिज्ञापन
पछिल्लो दिनमा सरकारी कार्यालय अनुमगनको नाममा शाहीले नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थिए भने वायुसेवाका हाकिमलाई घरबाटै थुत्ने धम्की दिएका थिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर समेत यस्तै धम्की दिएका थिए ।
बिज्ञापन
यसरी धम्की दिने शाहीको विगत भने राम्रो छैन । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही यस अघि युवा युवतीहरूलाई विदेश पठाउँछु भनेर ८ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको थियो ।
यस्का अलवा उनीविरुद्ध नेपाल प्रहरीमा दुईवटा उजुरी परेको पाइएको छ। ठकुरीलाई बैकिङ कसुरको मुद्धामा फरार रहेको निवेदन महाराजगन्ज प्रहरी वृत्तमा परेको थियो। गत वैशाख ३० गते उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो। त्यसयता उनी फरार रहेका थिए। तर जेनजी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर कार्यालय प्रमुखहरूलाई थर्काउने र कानुन कार्यान्वयन कर्ता नै आफू भएको जसरी प्रस्तुत भएका थिए।
बिज्ञापन
उनीविरुद्ध बैंकिङ कसुर र वैदेशिक रोजगार विभागमा मुद्दा चलेको थियो। श्रीकृष्ण फुयालले शाहीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा उजुरी हालेका थिए। जेनजीको प्रर्दशनभन्दा केही समय अगाडि मात्र उनी हिरासतमुक्त भएका हुन्।
महाराजगञ्जले उनीविरुद्ध दुई वटा उजुरीमा मुद्दा चलाएको देखिएको छ। अहिले उनी जेनजी अभियान्तको रूपमा अघि सरेर भ्रष्टचार विरोधी अभियानमा देखिएका छन्।