प्रदेशका उपसचिवलाई संघीय मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि

प्रशासनिक संघीयता पनि यस्तो भद्धा मजाक हुजन थाल्यो कि कोही कर्मचारी आफूले आफैंलाई बढुवाका लागि सिफारिस गर्दछन् अनि केही संघमा दरबन्दी भएका कर्मचारी प्रदेश लोकसेवा लडेर उपसचिव खान्छन्,तिनै प्रदेशका उपसचिवलाई संघीय सरकारले फेरि शाखा अधिकृतकै रुपमा गाउँपालिकामा खटाइदिन्छ !

बिज्ञापन

संघमा दरबन्दी भएका एक शाखा अधिकृत,प्रदेशको लोकसेवामा एक तह उक्लन्छन् र उपसचिवका रुपमा जिम्मेवारी लिइरहेका छन्,तिनै प्रदेशमा उपसचिवलाई फेरि संघीय सरकारले खटन पटन गरेपछि अहिले यो बिषय अख्तियारदेखि अदालतसम्म प्रवेश पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशका उपसचिवलाई शाखा अधिकृतको हैसियतमा गाउँपालिकामा सरुवा गरेकोसँगै यो बिषय अदालततिर पुगेको हो भने संघका शाखा अधिकृतले प्रदेशबाट उपसचिव बढुवा नियुक्ति लिएका बिषय अदालत प्रवेश पाएको छ ।

बिज्ञापन

घटना सतहमा तब आयो,जब गत भदौं १२ मा एकै लटमा ९७ जना शाखा अधिकृत सरुवा हुँदा कर्णाली प्रदेशमा उपसचिवका रुपमा कार्यरत रहेका देवी प्रसाद पौड्याललाई मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रशासन तथा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका र प्रदेश लोकसेवाबाटै बढुवा भएका उपसचिव पौड्याललाई मन्त्रालयले शाखा अधिकृतको रुपमा चंखेली गाउँपालिकामा खटाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयदेखि कर्णाली प्रदेशसम्म खैलाबैला मच्चिएको हो । पौडेल ०७८ सालमा कर्णाली प्रदेश सरकार अन्तर्गत काम गर्दै आएका कर्मचारी हुन ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघीय सेवामा समायोजन भएका उनी सोही ऐनको दफा ९ को उपदफा (९) अनुसार कर्णाली प्रदेशमा कामकाजमा खटिएका थिए । पछि लोक सेवा आयोग कर्णालीले मिति २०८१ वैशाख २५ गते प्रकाशन गरेको प्रदेश निजामती सेवा नवौँ तहका अप्राविधिक र प्राविधिक पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको विज्ञापन नं २१२- २०८०/ ८१ अनुसार ज्येष्ठता तर्फ बढुवा भइ प्रदेशबाटै उपसचिवमा उक्लिएका कर्मचारी हुन उनी । पौड्याल संघीय दरबन्दीमा रहेका कर्मचारी भए पनि प्रदेश लोकसेवा आयोगको विज्ञापनमार्फत ज्येष्ठताका आधारमा उपसचिवमा बढुवा भए ? प्रश्नको बिषय बन्न पुगेको छ ।

बिज्ञापन

संघीय शाखा अधिकृत पौड्याल ७ महिनादेखि प्रदेश निजामती सेवाको उपसचिव पदमा कार्यरत थिए । उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाद्र १२ मा शाखा अधिकृत पदमा नै चंखेली गाउँपालिका, हुम्लाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गरेको सरुवा भएपछि यो विषयले अहिले चर्चा मात्र भइरहेको छैन,बिषय न्यायलय पुगेको छ । संघले कामकाजमा खटाएको कर्मचारीलाई प्रदेशले बढुवा गरिदिएपछि उत्पन्न विवाद अदालतदेखि अख्तियारसम्म उजुरी पुगेको छ । यो बिषयमा कर्णाली प्रदेश सरकार नै अदालत पुगेको हो । प्रदेशले गैरकानुनी बढुवा गरेको भन्दै यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेर अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष