काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ ।

बिज्ञापन

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्‍यालीलाई प्रशासनले रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै कुनै पनि समूह वा संगठनले पूर्व स्वीकृतिविना र्‍याली, जुलुस, धर्ना, सभा वा प्रदर्शन गर्न नपाउने उल्लेख गरेको हो ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् । प्रशासनको सूचनामा कुनै निश्चित सूमह तोकिएको छैन । तर, फरकफरक समूहले भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।

‘मिति २०८२ असोज २५ गते शनिबारका दिन फरक–फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल लिएर सभा गर्ने भनी सूचना प्राप्त भएको छ । भाद्र २३ गतेको ‘GenZ आन्दोलनपछि भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको यहाँहरू सबैलाई विदितै छ । शान्ति सुरक्षाको स्थिति कायम राख्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सेवा प्रवाह सहज बनाउने कार्यहरू शुरू भएका छन् । यस्तो अवस्थामा विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस र प्रदर्शनहरूले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कुनै पनि यस्ता कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरिएको छ ।’

बिज्ञापन

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम प्रशासनले पूर्व स्वीकृति विना कार्यक्रम नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष